अमेरिकाले न्युक्लियर फ्युजनमा सफलता पाएको छ । वैज्ञानिकले ऊर्जाको असीमित, सुरक्षित र स्वच्छ स्रोतलाई अनलक गर्ने अनुसन्धानमा सफलता हासिल गरेको छ । दाबी गरिंदैछ कि न्युक्लियर फ्युजनमा सफलताले असीम स्वच्छ ऊर्जा ल्याउन सक्छ । मिडिया रिपोर्टहरूका अनुसार इतिहासमा पहिलोपटक अमेरिकाको क्यालिफोर्नियामा लरेन्स लिभरमोर नेशनल लेबोरेटरीमा नेशनल इग्निशन फैसिलिटीमा वैज्ञानिकले न्युक्लियर फ्युजन रिएक्शनलाई अन्जाम दिनमा सफलता पाएको छ । यसबाट सूर्यसरह एकदमै शुद्ध ऊर्जा उत्पादन गर्न सकिन्छ ।

न्युक्लियर फ्युजनमा हाइड्रोजनजस्तो हलुका तत्वलाई एकसाथ तोडिन्छ । यस प्रक्रियामा ऊर्जाको एउटा ठूलो विस्फोट हुन्छ । सन् १९५० को दशकमा न्युक्लियर फ्युजनमाथि अनुसन्धान शुरू भएको थियो । तर सफलता पाइएन । यद्यपि केही मिडिया रिपोर्टका अनुसार अहिले क्यालिफोर्नियामा लरेन्स लिभरमोर नेशनल लेबोरेटरीमा राष्ट्रिय प्रज्वलन सुविधा (एनआइएफ)लाई पुष्टि गर्नुपर्छ । शोधकर्ताले केवल २.१ एमजेको उपयोग गरेपछि २.५ एमजे ऊर्जा बनाउन सफलता पाएका छन् ।

साइन्स एन्ड टेक्नोलोजी फैसिलिटिज काउन्सिल (एसटिएफसी) सेन्ट्रल लेजर फैसिलिटी (सिएलएफ) प्लाज्मा फिजिक्स गु्रपका डा रोबी स्केटले भने ऊर्जा क्षेत्रमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको बताए । स्कट पनि यस शोधका अङ्ग हुन् ।

कसरी हुन्छ न्युक्लियर फ्युजनः न्युक्लियर फ्युजनलाई परमाणु संलयन पनि भनिन्छ । यसमा सूर्यसरह नै शक्ति प्रदान गर्ने ऊर्जाको निर्माण गरिन्छ ।  यो तब हुन्छ, जब दुई वा दुईभन्दा बढी परमाणु एकअर्कासँग जोडिन्छन् र भारी मात्रामा ऊर्जाको निर्माण गर्छ ।

न्युक्लियर फ्युजनलाई बुझौंः मिडिया रिपोर्ट अनुसार अहिले परमाणु रिएक्टरबाट जुन ऊर्जा पैदा हुन्छ, त्यसको प्रयोग संसारमा बिजुली निर्माणको साथसाथै अलग–अलग ऊर्जा आवश्यकताको लागि हुन्छ । यसमा सबैभन्दा बढी समस्या यो छ कि ऊर्जाको साथसाथै न्युक्लियर फोहर पनि निर्माण हुन्छ, जसलाई नष्ट गर्न निकै गा¥हो हुन्छ । त्यस्तै, अर्कोतर्फ परमाणु संलयनको माध्यमबाट मुख्यरूपले ड्युटेरियम र ट्रिटियम तत्वको प्रयोग गरिन्छ र यी दुवै हाइड्रोजनको समान हुन्छन् । सजिलो भाषामा भन्दा न्युक्लियर फ्युजनबाट कुनै प्रकारको फोहर उत्पन्न हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here