नासाको मार्टेमिस १ मिशनले ऐतिहासिक सफलता पाएको छ । नासाको ओरियन अन्तरिक्ष क्याप्सुल २५ दिनको चन्द्र अन्वेषणपछि पृथ्वीमा फर्किएको छ । त्यसले प्रशान्त महासागरमा सफल समुद्री ल्यान्डिङ गरेको छ ।

आर्टेमिस मिशनको उद्देश्य मान्छेलाई चन्द्रमा पुनः पठाउने र त्यहाँ लामो समयसम्म रहने हो । रिपोर्टस् अनुसार ओरियन क्याप्सुल तीन ठूलो रातो र सेतो पैरासुटको मदतबाट समुद्रमा ओलिएको हो । ओरियन क्याप्सुलको पहिलोपटक परीक्षण सन् २०१४ मा गरिएको थियो । यद्यपि यो तब पृथ्वीको कक्षामा थियो र २० हजार मिल प्रतिघण्टाको गतिले फर्किएको छ । यो पहिलोपटक चन्द्रमाको परिक्रमा गरेपछि सफलतापूर्वक पृथ्वीमा फर्केको हो ।

युएसएस पोर्टल्यान्डलाई समुद्रबाट क्याप्सुलबाट निकाल्न तैनाथ गरिएको थियो । साथै हेलिकप्टर र डुङ्गा पनि तैनाथ गरिएको थियो । नासाले कैयौं वर्षदेखि यसको रिहर्सल गरिरहेको थियो । क्याप्सुल आइतवारका दिन पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै २८ डिग्री सेल्सियस तापमानको सामना गरेको थियो । मिशनको मुख्य उद्देश्य ओरियन क्याप्सुलको हीटशिल्डको परीक्ष्Fण गर्नु थियो ।

यो मिशनको सफलता नासाको लागि निकै महत्वपूर्ण थियो, किनभने आर्टेमिस मिशनको अघिल्लो चरण आगामी वर्षमा शुरू हुँदैछ र नासा यस मिशनमा अर्बौ डलर खर्च गर्न तयार छ । प्यारासुटको मदतबाट उत्रिएपछि ओरियन क्याप्सुल ३० किलोमिटर प्रतिघण्टाको गतिले समुद्रमा झरेको थियो । नासाका वैज्ञानिकले यो पनि देख्ने छन् कि क्याप्सुलको के अवस्था छ, जसले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै अत्यधिक गर्मीको सामना गरेको थियो । यो क्याप्सुलको भित्रको तापमानलाई कति प्रभावित गर्छ ? अन्तरिक्ष यान अहिलेसम्म १.४ मिलियन मिल (२२५३०८१.६ किलोमिटर) यात्रा तय गरिसकेको छ । आर्टेमिस १ मिशनलाई १६ नोभेम्बरमा एसएलएस राकेट उपयोग गरेर लन्च गरिएको थियो । मिशनको क्रममा यसले चन्द्रमाको उत्कृष्ट तस्वीर र भिडियो रेकर्ड गरेको छ ।

यसको अलावा यो १३० किलोमिटरभन्दा कम दूरीमा चन्द्र सतहको निकै नजीक उडान भरेको थियो । यो पृथ्वीभन्दा ४३२००० किलोमिटर टाढा उडान गर्ने एकमात्र मानवयुक्त अन्तरिक्षयान हो, जुन एउटा रेकर्ड बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here