अनुसन्धानकर्ताहरूले माउसुलीलाई लिएर एउटा अध्ययन गरेका छन् । माउसुलीको उत्पत्ति धर्तीमा करीब १७.५ करोड वर्ष पहिले भएको बताइन्छ । लन्दनको नेचुरल हिस्ट्री म्युजियममा राखिएको एउटा जिवाश्ममा शोध गर्दा यसको उत्पत्ति जुरासिक टाइमको बीच अर्थात् १७.४ देखि १६.३ करोड वर्ष पहिले भएको हुन सक्ने बताएका छन् । तर अब वैज्ञानिकले दाबी गरेका छन् कि यसभन्दा पनि करीब ३.५ करोड वर्ष पहिले, लेट ट्राइसिक पिरियडमा माउसुली रहेको बताइन्छ । अर्थात् माउसुली करीब २३.७ देखि २०.१ करोड वर्ष पहिले धर्तीमा पाइन्थ्यो ।
सन् १९५० मा लन्दनको म्युजियममा राखिएको जीवाश्मको अनुसन्धान भएको हो । युनिभर्सिटी अफ ब्रिस्टलका अनुसन्धानकर्ता डा डेभिड ह्वाइटसाइडका अनुसार लन्दनको म्युजियममा राखिएको यो जीवाश्म तुआतारा समूहको छेपाराको हो, जुन आधुनिक माउसुलीको नजीक मानिन्छ । एक्सरे स्क्यानिङ टेक्नोलोजीको मदतबाट वैज्ञानिकले जीवाश्मको पुनः अध्ययन गरेका छन् । उनीहरूका अनुसार यस छेपारोको बङ्गारामा तिखो दाँत थियो जसलाई क्रिप्टोवरानोइड्स मायक्रोलेनियस नामले पनि जानिन्छ ।
उक्त जीवाश्मको अध्ययन गरेपछि वैज्ञानिकहरूले भने तुआतारा न्युजिल्यान्डमा पाइने माउसुली थियो, जुन कुनै मोटो इगुआनाजस्तो देखिन्छ । यो करीब १९ करोड वर्षदेखि पृथ्वीमा मौजुद छ । अनुसन्धानकर्ताहरूले एउटा नयाँ विलुप्त सरीसृप प्रजातिको पनि पत्ता लगाएका छन् । यस प्रजातिको नाम ओपिसथियामिमस गेग्रोरी हो, जसको अस्तित्व करीब १५ करोड वर्ष पहिले नोर्थ अमेरिकामा थियो ।