बढी पिरो र मसालादार खाद्य खानेहरूको जीवन पनि स्पाइसी हुने गरेको हालै दुई हजार अमेरिकीमाथि गरिएको सर्वेक्षणले जनाएको छ । मसालादार भोजन गर्ने बानीको हाम्रFे पर्सनालिटीसँग गहिरो सम्बन्ध हुन्छ ।
सर्भे अनुसार ९३ प्रतिशत मानिसलाई खानामा पिरो र मसला मन पर्छ । यद्यपि यसको पनि एउटा रेन्ज छ । जहाँ ३६ प्रतिशत मानिसलाई खानामा मध्यम पिरो चाहिन्छ भने ३३ प्रतिशतलाई कम र २४ प्रतिशतलाई बढी पिरो खानेकुरा चाहिन्छ । केवल ७ प्रतिशत व्यक्ति यस्ता हुन्छन्, जसलाई खानामा थोरै पनि पिरो मन पर्दैन ।
सर्भे अनुसार जति पनि प्रतिभागीले पिरो खाना मन पराएका छन्, उनीहरूमध्ये २१ प्रतिशत व्यक्ति आफूलाई एक्स्ट्रोवर्ट मान्छन् । त्यस्तै ५४ प्रतिशतले आफूलाई सिर्जनशील, ५१ प्रतिशतले आत्मविश्वासी र ४४ प्रतिशतले साहसी ठान्छन् । ७६ प्रतिशतले आफूलाई कम पिरो खानेको तुलनामा बढी एडभेन्चरस, ६१ प्रतिशतले बढी आकर्षक र ६६ प्रतिशत जीवनसँग सन्तुष्ट रहेको मान्छन् ।
सर्भे अनुसार जो व्यक्तिहरूले कम पिरो खान्छन्, तीमध्ये ४१ प्रतिशतले आफूलाई सहानुभूति राख्ने र ३७ प्रतिशतले लजालु मान्छन् । यसमध्ये ४७ प्रतिशतले मानिसलाई कुकुरसँग बढी माया रहेको मान्छन् । मध्यम पिरो खानेवाला ५० प्रतिशतले आफूलाई शान्त र ४४ प्रतिशतले जिज्ञासु मान्छन् ।
सर्भे अनुसार बढी पिरो मन पराउनेहरूमध्ये ७६ प्रतिशतले आफूलाई यात्रा गर्न मन पराउने मान्छन् । नयाँ कुरा ट्राइ गर्ने भएकोले यिनीहरू कुनै पनि पार्टीको प्यारो बन्छन् । साथै ३२ प्रतिशत मानिस शाकाहारी वा विगन डाइट फ्लो गर्छन् । नतीजाले यो पनि भन्छ पिरो र मसलादार खाने १२ प्रतिशत मानिस कन्या राशिका हुन्छन् । यसको अलावा मध्यम पिरो मन पराउने ११ प्रतिशत मानिसको राशि सिंह हुन्छ । धनु राशि भएका ११ प्रतिशतलाई थोरै पनि पिरो मन पर्दैन ।