- श्रीमन्नारायण
नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्ध रहिआएको छ । यी दुई देशबीच पारस्परिक सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउन सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान रहेको छ । यस सम्बन्धको शुभारम्भ त्रेता युगदेखि भएको हो । भारत, अयोध्याका राजकुमार श्रीराम र नेपालको मिथिलाकी राजकुमारी सीताको शुभ विवाह भएदेखि नै नेपाल र भारतबीच सामाजिक एवं सांस्कृतिक सम्बन्धले निरन्तरता पाउँदै आएको छ । यो वैवाहिक सम्बन्ध हाम्रा आराध्य भगवान् सीतारामबाट शुरू भई राजपरिवार हुँदै सर्वसाधारणको घरसम्म परम्परा र हाम्रFे जीवननको अभिन्न अङ्ग बन्न गएको छ । तराई–मधेस मात्रै होइन भारतसित सीमा जोडिएका पूर्वी र पहाडका क्षेत्रका जनताको पनि सीमावर्ती क्ष्Fेत्रमा वैवाहिक सम्बन्ध र घनिष्ठता त्यतै प्रगाढ रहेको छ । नेपाल र भारतबीच बेटी–रोटीको सम्बन्ध भनिनुको कारण नै एक देशका चेलीबेटीको विवाह अर्को देशमा हुनु र प्रत्येक सङ्कटको बेला दुवै देशका नातेदारले आफ्नो क्षमताले भ्याएसम्म तन, मन र धनले सहयोग गर्न, सहानुभूति व्यक्त गर्न र उल्लास साटासाट गर्न पुगिहाल्छन् । जनस्तरमा स्थापित यो सम्बन्ध सागरभन्दा गहिरो र सगरमाथाभन्दा अग्लो छ । प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिनलाई विवाह पञ्चमीको रूपमा मनाइने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । शुभ विवाह–पञ्चमीका दिन जनकपुरधाममा नेपाल र भारतका लाखौं तीर्थालुहरूको सहभागिता र उपस्थिति एक्काइसौं शताब्दीले त्रेतायुगीन वैवाहिक सामाजिक–सांस्कृतिक सम्बन्धको निरन्तरता चाहिरहेको छ भन्ने कुराको समर्थन र स्वीकृति हो । यस वैवाहिक सम्बन्धले हामीलाई एकअर्कासित अभिन्न त बनाएको छ नै, धार्मिक र सांस्कृतिक विरासतको धनी पनि बनाएको छ ।
नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तŒव छन् । जसमध्ये सांस्कृतिक समानतालाई प्रमुखरूपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरीका र परिस्थितिको बाध्यात्मक अवस्थाबाट हुन सक्दछ तर दुई देशबीचको सांस्कृतिक सम्बन्ध यति प्रगाढ एवं अद्वितीय छ कि यसबारे विश्वका अन्य कुनै पनि देशको सम्बन्धले गर्न सक्दैन । नेपाल र भारत परस्पर आध्यात्मिक, धार्मिक एवं सांस्कृतिकरूपमा अनन्य भावले जोडिएका छन् । राजनीतिकरूपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र एवं अलग–अलग अस्तित्वका देश हुन् तर सामाजिक, सांस्कृतिक एवं धार्मिकरूपले यी दुई राष्ट्र एक अर्काका निम्ति अभिन्न हुन् ।
नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौं किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौं । धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ, नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका वाहक हुन् । हिमालय, दुवै देशको निम्ति आत्म–साधनाको स्थल रहिआएको छ । आदिमकालदेखि नै महान् हिमशिखरहरूले हामीलाई आध्यात्मिक शक्ति प्रदान गर्दै आएका छन् ।
नेपाल–भारत सम्बन्धको आधार पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक, वैवाहिक, सामाजिक, राजनीतिक र आर्थिक पक्ष्F पनि रहिआएको छ । रहनसहन, खानपान, जीवनशैली, सामाजिक एवं सांस्कृतिक मान्यता तथा संस्कार पनि एउटै किसिमको रहने गरेका कारण हामी एकअर्काको देशमा हुँदा पनि अपनत्व र आफ्नोपन अनुभूति भइरहेको हुन्छ । खुला सिमाना हुनुको कारण पनि भरसक यही नै हो । हाम्रF सामाजिक सम्बन्ध कहिल्यै कमजोर भएन । सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चित् दुःख भागभवेतको कल्याणमय भावनाबाट हाम्रFे सामाजिक व्यवस्था ओतप्रोत रहेको छ ।
देवीदेवताका मठमन्दिरको देशको रूपमा प्रचलित नेपाल र भारतमा शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीहरू आफ्नो इच्छा अनुसार धर्मानुष्ठान गर्ने गर्दछन् । धर्मानुष्ठानका बेला सङ्कल्प लिंदा हरि ॐ तत्सत् आर्यावर्तान्तर्गते भारतवर्षे भारतखण्डे जम्बुद्वीपे बौद्धावतारे आदि उच्चारण गरिन्छ । गणेशादि विविध देवीदेवताको पूजनादि बावजूद प्रमुखरूपमा ब्रह्मा, विष्णु र महेशको पूजन गर्दछन् । यिनलाई जन्मदाता, पालनकर्ता र संहारकर्ताको रूपमा जानिन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको तीन शक्तिलाई कष्ट हरण गर्ने, वैभव प्रदान गर्ने तथा बुद्धि प्रदान गर्नेको रूपमा मान्यता रहेको छ । यसरी नै पाँच देवता, विष्णु, पञ्च भौतिक, दश दिक्पाल एवं नव ग्रहादि देवताको समानरूपमा पूजा अर्चना गरिन्छ र यिनमा अहिंसा परमोधर्मको भावना बढी हुन्छ । यी ईश्वर अंश जीव अविनाशीको मान्यता राख्दै पशुपक्षी जड–जङ्गममा पनि ईश्वरकै अंश मान्ने गर्दछन् ।
नेपाल र भारत आर्यावन्र्तान्तर्गतका देश मानिन्छ । यस भूभागमा वैवाहिक सम्बन्ध निकै पुरानो छ । पौराणिककालदेखि यस सम्बनधलाई रोटीबेटीको पनि सम्बन्ध मानिन्छ । उत्तरा–अभिमन्यू, अंशुवर्माकी छोरी र हर्षवद्र्धनको वैवाहिक सम्बन्ध पनि निकै चर्चित रहेको छ । भगवान् रामको समयदेखिको यो वैवाहिक सम्बन्ध यति पुरानो छ, त्यस परम्पराको निर्वाह आज पनि शाही परिवार र राणाका परिवारहरूमा समेत हुँदै आएको छ । त्रेतायुगमा स्थापित अयोध्या र जनकपुरको सम्बन्ध एक्काइसौं शताब्दीमा पनि कायम छ । भारत, मध्यप्रदेशको टिकमगढकी महारानीले तीन चार सय वर्ष अघि जनकपुरधामको रामजानकी मन्दिरको निर्माण नौ लाख रुपियाँमा गराएकी थिइन् । त्यसैले होला जनकपुरको रामजानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । अहिले त यसको लागत नौ अर्बभन्दा बढी होला । अयोध्या र जनकपुरको सम्बन्ध सीता र रामको रूपमा सम्पूर्ण हिन्दूका लागि आस्था र विश्वासको केन्द्र बनिसकेको छ ।
भारतका पूर्वप्रधानमन्त्री स्व. चन्द्रशेखर जनकपुरधामको भ्रमणमा आउँदा भनेका थिए कि सीता माताकै प्रेरणा र उत्साह वद्र्धनबाट भगवान् राम एक कुशल शासक र मर्यादा पुरुषोत्तम बन्न सके । जगद्जननी जानकीको स्थानलाई उनले उच्च मानेका थिए । प्रत्येक हिन्दूको मुखबाट प्रतिदिन प्रातःकालमा निस्किने पहिलो शब्द जय सियाराम नै हुने गर्दछ र सम्भवतः मृत्युकालमा पनि भन्न लगाइने शब्द सीताराम नै हुने गर्दछ । सीतारामको उच्चारण गर्दा वैकुण्ठमा वास हुन्छ भन्ने हाम्रFे मान्यता रहिआएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष अघि पशुपति–काशी र जनकपुर–अयोध्या जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मोदीकै पहलमा भगवान् श्रीराम र माता जानकीको जीवनगाथासित जोडिएका महŒवपूर्ण स्थलहरू–नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकूट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वरमलाई समेटेर रामायण सर्किटको निर्माण भइरहेको छ । सम्भवतः यसमा श्रीलङ्काको केही ठाउँ पनि समेटिने छ ।
माता जानकी तथा भगवान् श्रीरामको शुभविवाहको पावन दिवस विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको रूपमा सहभागी हुन केही वर्ष अघि जनकपुरधाम आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौं, बनारसबीच भगिनी शहर निर्माणसम्बन्धी सम्झौताले दुई देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका थिए ।