जाडोको मौसममा ब्रेन हेमरेजका रोगीको सङ्ख्या बढ्छ । दिनचर्या सुधारिएन भने मस्तिष्क पक्षघात हुन सक्छ । त्यसकारण चीसो हावाबाट आफूलाई बचाउनुपर्छ । भारतको जेएएचमा कार्डियक र न्युरोको ओपिडी बढेको छ । चीसोको कारण यो समस्या बुजुर्गहरूमा बढी हुन्छ । यसैकारण जाडोको मौसममा घरबाट बाहिर निस्कनुहुँदैन नत्र रगतको थक्का जमेपछि ब्रेन हेमरेज वा कार्डियक अरेस्ट हुने आशङ्का बढ्छ ।
चीसो सिरेटोले दिमागमा हमला गर्न थाल्छ । जयारोग्य चिकित्सालयदेखि निजी अस्पतालसम्म ब्रेन हेमरेजका बिरामी बढेका छन् । रक्तचापको समस्या हुनेहरूलाई विशेषगरी जाडोमा ब्रेन हेमरेज हुने आशङ्का रहन्छ । जयारोग्य चिकित्सालयको न्युरोलोजीमा ४० प्रतिशतसम्म ब्रेन हेमरेजका रोगी बढेका छन् । चिकित्सकका अनुसार जाडोको मौसममा बिहान अबेर घुमफिर शुरू गर्नुपर्छ । घरमैं बसेर हातखुट्टा चलाउनुपर्छ ।
किन हुन्छ मस्तिष्कघातः विशेषज्ञका अनुसार चीसोको मौसममा रगतमा गाढापन हुन्छ । साथै जाडोको कारण शरीरका नशा शिथिल हुन पुग्छ । यदि रक्तचापको समस्या छ भने ब्रेन हेमरेज हुने खतरा बढ्छ । तसर्थ जाडोमा घरबाट बाहिर निस्कने बेला टोपी लगाउने, एकै स्थानमा बसिरहँदा पनि हातखुट्टा चलाइराख्नुपर्छ जसले गर्दा नसा सक्रिय रहन्छ र शरीरमा रक्त प्रवाह हुन्छ । रगत गाढा हुने व्यक्तिले चिकित्सकसँग सल्लाह लिनुपर्छ ।