भारत, युपीको बदायुमा एकजना व्यक्तिले मुसा समातेर उसको पुच्छरमा डोरी बाँधेर नालामा डुबाएर मारेको आरोपमा प्रहरीले सो व्यक्तिलाई पक्राउ गरेको छ ।
पशुप्रेमी विकेन्द्र शर्माले प्रहरीमा उजूरी दिंदै मनोज कुमारले पशु क्रूरता अधिनियम अन्तर्गत आइपिसीको धारा ४२९ क्रूरताको रोकथाम धारा ११ (१) (१) अन्तर्गत मामिला दर्ज गर्दै प्रहरीले मनोजलाई पक्राउ गरेको छ । विकेन्द्रले भने गत बिहीवार मनोजले मुसालाई फाल्दै गरेको देखेपछि आफूले बचाउन नालामा हाम फालेको बताए । उनले भने– मुसा मार्न कसैलाई अनुमतिको आवश्यकता छैन तर निर्दयतापूर्वक मुसा मारेको देखेपछि मलाई निकै रिस उठ्यो ।
मुसाको शव पोस्टमार्टम आइबिआरआई, प्रमुख भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा गरिएको छ । चारदेखि पाँच दिनपछि पोस्टमार्टमको रिपोर्ट आउने बताइएको छ । रिपोर्ट आएपछि युवकमाथि कारबाई गरिने बताइँदै छ । प्रहरीले मनोजलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ ।