काठमाडौं, ६ मङ्सिर/रासस

फिफा विश्वकप–२०२२ मा मङ्गलवार ठूलो उलटफेर भएको छ ।

स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना समूह ‘सी’को खेलमा साउदी अरेबियासँग २–१ गोलअन्तरले पराजित भयो । मेस्सीको खातामा अहिलेसम्म एउटै पनि विश्वकप छैन र यसपटक उनी यो खडेरी अन्त्य गर्ने प्रयासमा छन् । तर कतारमा जारी विश्वकपमा उनले आफ्नो टोलीलाई राम्रो सुरूआत गराउन सकेनन् । यो यस विश्वकपको पहिलो उलटफेर हो ।

१०औं मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए पनि दोस्रो हाफमा साउदी अरेबियाले शानदार खेल देखाउँदै अर्जेन्टिनाको रक्षापङ्क्तिलाई भेदेर दुई गोल गर्दै अर्जेन्टिनालाई पराजित ग¥यो । अर्जेन्टिनाले पुनरागमनका लागि निकै प्रयास गरे पनि बराबरी गोल गर्न सकेन र पराजित भयो । योसँगै साउदी अरेबियाले अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रालाई तोड्दै पहिलोपटक विश्वकपमा आफ्नो पहिलो खेल जितेको छ । अर्जेन्टिना सन् २०१९ पछि पहिलोपटक यस खेलमा हारेको हो ।

यसरी पायो पेनाल्टी

खेलको शुरूदेखि नै अर्जेन्टिना साउदी अरेबियामाथि हाबी भएको देखियो । खेलको दोस्रो मिनेटमा मेस्सीले उत्कृष्ट प्रयास गरे तर साउदी गोलकीपर ओवेसले सुन्दर बचाउ गरे । छैटौं मिनेटमा मेस्सीले फेरि प्रयास गरे तर यसपटक पनि उनको र गोलको बीचमा ओवेस आए । १०औं मिनेटमा साउदी अरबका अल बुलाहीले फाउल गरेपछि रेफरीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । मेस्सीले यो पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

तर यसपछि पहिलो हाफमा अन्य कुनै गोल हुन सकेन । अर्जेन्टिना १–० ले अगाडि थियो ।

दोस्रो हाफमा खेल उल्टो भयो

दोस्रो हाफमा साउदी अरेबियाले बराबरी गर्ने प्रयास गरेकोमा ४८औं मिनेट सफलता मिल्यो । साउदी अरेबियाका लागि अल सेहरीले गोल गरेका थिए । उनलाई फिरास अल ब्रिकानले गोल गर्न सहयोग गरेका थिए । फेरासले आफूनिर आएको बल सेहरीलाई पास दिए र सेहरीले बललाई जालीमा चुमाएर खेल बराबरीमा ल्याए ।

५५औं मिनेटमा साउदी अरेबियाले दोस्रो गोल गर्दै अग्रता लिएको थियो । यसपटक गोलपोस्टमा सलेम अल दवासरीले बल चुमाए । सलिमले आफ्नो दाहिने खुट्टाले बल काटेर बललाई गोलपोस्टको कर्नरमा हिर्काएरउत्कृष्ट गोल गरे । साउदी अरेबिया २–१ गोलले अघि बढ्यो ।

अर्जेन्टिनाले पुनरागमन गर्न धेरै कोशिश ग¥यो तर सफलता हात लागेन । पूर्ण समयपछि अतिरिक्त समयमा एकपटक अर्जेन्टिनाका अल्भारेज गोलको नजीक पुगे पनि साउदी अरेबियाका अल अमिरीले बललाई हेटमार्फत सा¥है राम्रो क्लियर गरे ।

अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा सुरूआती अग्रता भने अमेरिकाले लियो ।

खेलको ३६औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरूआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमा गोल गरेका थिए, तर खेलको ८२औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक/एक अङ्क बाँडेका छन् ।

नेदरल्यान्ड्सले सेनेगललाई हरायो

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगितामा नेदरल्यान्ड्सले सेनेगललाई पराजित गरेको छ ।

कतारको दोहास्थित अल थुमामा स्टेडियममा आज राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २–० गोलअन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सको जीतमा कोडी गाक्पो र डाभी क्लासेनले एक/एक गोल गरे ।

नेदरल्यान्ड्सले दुवै गोल खेलको दोस्रो हाफमा ग¥यो । खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोड्ढो पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सको जीत सुनिश्चित गरेका थिए ।

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

कतारमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here