धर्मेन्द्र चौरसिया, पोखरिया, ६ मङ्सिर/

पर्सामा तीनजना प्रदेशसभा सदस्यमा  निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका दुईजना र जसपाका एकजना गरी तीनजना प्रदेशसभा सदस्यमा विजयी भएको मङ्गलवार घोषणा गरिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नं २ (१)बाट एक हजार ६५७ मतान्तरले नेपाली काङ्ग्रेसका श्याम पटेल विजयी भएका छन् । प्राप्त जानकारी अनुसार नेकाका पटेलले १३ हजार ७८४ मत प्राप्त गरेका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् । यादव योसमेत प्रदेशसभामा लगातार दोस्रोपटक पराजित भएका हुन् । २०७४ सालको चुनावमा नेकाकै राजेश्वर साह तेलीसँग १२० मतको झिनो मतान्तरले पराजित भएका थिए भने यसपटक एक हजार ६५७ मतान्तरले पराजित भएका हुन् ।

त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नं ४ (१)मा प्रदेशसभा सदस्यमा नेकाका शङ्कर चौधरी एक हजार ७१६ मतले विजयी भएका छन् । उनले १२ हजार १५४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारूले १० हजार ४३८ मत ल्याएका छन् । विजयी नेकाका चौधरीको यो लगातार दोस्रोपटक जीत हो भने पहिलो संविधानसभा सदस्यमा जितेका थारूको प्रदेशसभामा पहिलो पराजय हो ।

यसैगरी, पर्सा निर्वाचन क्षेत्र नं ४ (२)मा जसपाका सिंहासन साह कलवार १५ हजार ३८५ मत प्राप्त गरी जितेका  छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रह्लाद साह कानूले १२ हजार ६४१ मत ल्याएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here