प्रस, वीरगंज, ६ मङ्सिर/
पर्सामा एकसाथ चुनावी मैदानमा उत्रेका नेकपा एमाले तथा जसपाका दुवै जिल्ला अध्यक्ष तथा उम्मेदवारलाई नेपाली काङ्ग्रेसका उम्मेदवारले पराजित गरेका छन् ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादव पर्सा निर्वाचन क्षेत्र नं २ (१)बाट चुनावी मैदानमा थिए भने एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारू पर्सा निर्वाचन क्षेत्र नं ४ (१)बाट प्रदेशसभा सदस्यमा लडेका थिए ।
दुवै जिल्ला अध्यक्ष प्रदेशसभा सदस्यको लागी चुनावी मैदानमा उत्रेपछि जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवलाई नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव श्याम पटेल तथा नेकपा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारूलाई निवर्तमान प्रदेशसभा सदस्य शङ्कर चौधरीले पराजित गरेका हुन् ।