प्रस, रौतहट, ६ मङ्सिर/

रौतहट क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको लागि गौर नगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपालले १२ हजार ६०२ मत ल्याएर अग्रता कायमै राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय गुप्ताले दश हजार ६३२ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा मङ्गलवार साँझसम्मको मतगणना अनुसार स्वतन्त्र उम्मेदवार किरण साहले सात हजार ५३२ मत पाएर अगाडि छन्, उनका निकटतम प्रतिद्वन्द्वी डा फिर्दोश आलमले पाँच हजार ३९६ मत पाएका छन् ।

त्यस्तै, क्षेत्र नं ३ को प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार प्रभु साहले आठ हजार २१२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले चार हजार ८८३ मत ल्याएका छन् ।

यसैगरी, क्षेत्र नं ४ मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका देवीप्रसाद तिमिल्सिनाले नौ हजार ७०७ मत ल्याएर अग्रता कायमै राखेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उद्धव रेग्मीले आठ हजार ९३८ मत ल्याइ पछ्याइरहेका छन् ।

यसैगरी, प्रदेशसभा सदस्यमा क्षेत्र नं १ (१) एमालेका राजकिशोर यादवले चार हजार ६९८ र नेपाली काङ्ग्रेसका नागेन्द्र साहले तीन हजार २२६ मत ल्याएका छन् ।

यस्तै, क्षेत्र नं १ (२)मा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद यादव तीन हजार ६९७ मतसहित अगाडि छन् भने उनलाई एमालेका राजेश चौधरीले दुई हजार ८८८ मतले पछ्याइरहेका छन् ।

क्षेत्र नं २ (१)मा एमालेका मोहम्मद जैद आलम तीन हजार ४४२ मतबाट अगाडि छन् भने उनलाई स्वतन्त्र उम्मेदवार नागेन्द्र सिन्हाले एक हजार ९९४ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नं २ (२)मा जसपाका रामकिशोर यादव दुई हजार ६३४ मतसहित अगाडि छन्, उनलाई नेकपा एकीकृत समाजवादीका कनिश पटेलले दुई हजार ५६७ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी, ३ (१)मा स्वतन्त्र उम्मेदवार केशव राय तीन हजार १७० मतसहित अगाडि छन् भने उनलाई जसपाकी पूजा चौधरीले दुई हजार ८५१ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नं ३ (२)मा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहा एक हजार ३४७ मतसहित अग्रस्थानमा छन् भने नेपाली काङ्ग्रेसका सुनील यादव ९३२ मतसहित दोस्रो स्थानमा छन् ।

क्षेत्र नं ४ (१)मा वृन्दावन नगरपालिका–१ मा भएको मतगणना अनुसार नेकपा माओवादीका उम्मेदवार युवराज भट्टराईले सात हजार २८ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेका उम्मेदवार अखिलेश्वर चौधरीले पाँच हजार १६२ मत ल्याएका छन् ।

यसैगरी, रौतहट क्षेत्र नं ४ (२)मा प्रदेशसभामा स्वतन्त्र उम्मेदवार रवि जैसवालले एक हजार ६९७, जसपाका अब्दुलकलाम आजादले एक हजार ९२ मत ल्याएका छन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here