प्रस, परवानीपुर, ६ मङ्सिर/

वीरगंजमा एकभन्दा एक ठूलठूला सुविधासम्पन्न अस्पताल भए तापनि वीरगंजको मुटु मानिने आदर्शनगरमा अर्को सुविधासम्पन्न मेडिकल क्लिनिक सञ्चालनमा आएको छ ।

आदर्शनगरस्थित पुरानो बसपार्कनजीकै स्टार होटलको पश्चिमपट्टि कृष्णा कम्प्लेक्समा गुडलाइफ मेडिको एन्ड क्लिनिक प्रालि सञ्चालनमा आएको हो । क्लिनिकको उद्घाटन वीरगंजका नगरप्रमुख राजेशमान सिंहले र औषधि व्यवस्था विभाग वीरगंजका डिजी सर्फराज आलमले गरेका थिए ।

आदर्शनगर क्षेत्रमा उद्योगी व्यवसायी तथा अन्य वर्गको बासिन्दाको लागि सुविधासम्पन्न ओपिडी क्लिनिकको सुविधा उपलब्ध गराउन उक्त क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन् । क्लिनिकमा मारूति फर्मास्युटिकल्समा प्रभात रूँगटा, म्याग्नेश फर्मास्युटिकल्सका विनित लोहिया, मसाला कारोबारी मनीष अग्रवाल गरी तीनजना युवा उद्यमीको एक करोड २० लाख लगानी लागेको बताइएको छ ।

ओपिडी सेवासँगसँगै प्रयोगशाला र फार्मेसीको पनि व्यवस्था छ । साथै रिपोर्ट तथा उपचारको अनलाइन बूकिङ तथा होम डिलेभरी रिपोर्ट पु¥याउने सुविधा पनि रहेको बताइएको छ । क्लिनिकमा फामेली फिजिशियन डा उदयनारायण सिंह, जेनरल फिजिशियन नुरूहोदा देवान, छाला रोग विशेषज्ञ डा नीलमणि प्रियदर्शी, हाडजोर्नी विशेषज्ञ अजय साह, लगायत स्वास्थ्यकर्मीहरूको टीमले सेवा दिने छन् ।

क्लिनिकको उद्घाटनको अवसरमा रक्तदान तथा निश्शुल्क आँखा परीक्ष्Fण शिविर पनि आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here