माइक्रोवेभ ओभनको प्रयोग अहिले सामान्य भइसकेको छ। केही मिनेटमैं खाना तातो गर्ने यस मेशिनले समयको बचत गर्छ। यो प्रविधिलाई हामीले नयाँ ठान्छौंं तर वर्षौं पहिले पनि मानिसले विशेष प्रकारको ओभनको प्रयोग गर्दथे।
यो कुरा सय–दुई सय वर्ष पहिलेको होइन, बरु लाखौं वर्ष पहिलेको हो। एउटा अनुसन्धानमा वैज्ञानिकले यो कुरा पत्ता लगाएका हुन्। लाखौं वर्ष पहिले पनि मानिसले ओभनको प्रयोग गर्दथे। यद्यपि यो आजको जस्तो थिएन। यो कुराको पत्ता वैज्ञानिकहरूले माछाको दाँतबाट लगाएका हुन्। इजरायलका विज्ञ इरित जोहरका अनुसार प्राचीनकालका मानिस माछा–मासु पकाउनको लागि सीधैं आगोको प्रयोग गर्थे भन्ने छैन। यो कुराको पूरै सम्भावना छ कि उनीहरूसँग माटोबाट बनेको ओभन हुन सक्छ।
उनले प्राचीनकालका मानिसले खाना पकाउने कला सिकेको पनि बताए। यो कुरा सबैलाई थाहा छ कि १५ लाख वर्ष पहिले पनि मानिसले पकाएको मासु खान शुरू गरेका थिए। इजरायलको उत्तरी इलाकामा इरितले आफ्ना सहयोगीसँग मिलेर एउटा शोध गरेका थिए। यहाँ ढुङ्गेयुगका केही यन्त्र भेटिएका थिए। अनुसन्धानकर्ताको दाबी छ, इजरायलको यस क्षेत्रमा होमो इरेक्ट्स प्रजातिका मानिस बस्दथे। यहाँ इरितले एउटा दाँतको थुप्रFे भेट्टाएका थिए, जुन कुनै माछाको थियो।
ह्युमन फरेन्सिक टेस्टको माध्यमबाट इरितले केही जानकारी हासिल गरेका छन्। यसको साथै दाँतको उच्च तापक्रम (९०० डिग्री सेल्सियस)सम्म अलग–अलग तापमानमा गर्म गरेर देखाए। अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि यी उच्च तापमनको सम्पर्कमा थिएनन्। यानी दाँतलाई यस्तो कुनै वस्तुमा पकाइएको थियो, जसको तापमान नियन्त्रित गर्न सकिन्थ्यो। इरितद्वारा यस्तै ३० वटा दाँतको परीक्ष्Fण गरिएको थियो।