भ्लादिभोस्टोक, ३ मङ्सिर/सिन्ह्वा
रूसको सुदूर पूर्वी साखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिवार बिहान एउटा आवासीय भवनमा भएको ग्याँस विस्फोटमा तीना बालबालिकासहित सातजनाको मृत्यु हुनाका साथै अन्य नौजना घाइते भएका छन्।
साखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीनजनाको खोजी गरिरहेको बताएका छन्। स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार अनुचित भण्डारण र घरेलु प्राकृतिक ग्याँस टङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ।
मस्को समय अनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रूसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपत्कालीन सेवालाई उद्धृत गर्दै जनाएको छ।