जाडोको मौसम आयो । यो मौसममा सबै कुरा मीठो लाग्छ तर यो मौसममा रोगले पनि सताउँछ ।
आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र मौसमभर स्वस्थ रहन यी १० चीज खानुपर्छ ।
गुड– जाडोमा चीसो र खोकी लाग्दा शरीरलाई न्यानोपन दिनुपर्ने भएकोले गुडको सेवन गरिन्छ । यदि तपाईंले दैनिक गुडको सेवन गरिरहनुभयो भने तपाईंले चीसोको असरको सामना गर्नुपर्दैन ।
अन्डा– चीसोको सामना गर्न अन्डा खानु उत्तम विकल्प हो । यसले तपाईंको शरीरलाई चीसोबाट जोगाउँछ, न्यानोपन र पोषण पनि दिन्छ । तपाईं यसलाई कुनै पनि रूपमा उपभोग गर्न सक्नुहुन्छ ।
बेसार– चिसोबाट बच्न औषधिको रूपमा बेसारको प्रयोग गरिन्छ । बेसारको प्रयोग गरी शरीरमा न्यानोपन कायम राख्न सकिन्छ । यसले एन्टिबायोटिकको रूपमा पनि काम गर्छ ।
लसुन– लसुन एक उत्कृष्ट एन्टिबायोटिक हुनुका साथै चिसोमा प्रयोग हुने औषधि पनि हो । चीसो दिनमा लसुनको अचार, तरकारीमा यसको प्रयोग गर्न सकिन्छ । यसबाहेक यसलाई काँचो वा भुटेर पनि खान सकिन्छ ।
मेथी– मेथीबाट बनेको लड्डू वा हलुवा विशेषगरी चीसोमा सेवन गरिन्छ । यसले शरीरमा गर्मी कायम राख्न मदत गर्छ । मेथीको सागको अधिक सेवन गर्नु पनि यी दिनमा फाइदाजनक हुन्छ ।
सुक्खा फलफूल– सुक्खा फलफूलको सेवन पनि चीसोबाट बच्न निकै उपयोगी साबित हुन्छ । गुड र घ्यूमा मिसाएर लड्डूको रूपमा सेवन गरेमा झन् फाइदाजन हुन्छ ।
मह– महको सेवन गर्नु फाइदाजनक छ, यो चीसो दिनमा विशेषगरी फाइदाजनक हुन्छ । मनतातो पानीसँग यसको सेवन गर्नाले तौल घटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि सहयोगी हुन्छ ।
मरीच– चीसोका दिनहरूमा आफ्नो आहारमा मरीच समावेश गर्नुपर्छ । यसको सेवन सूप, सलाद र स्प्राउट्स मिसाएर गर्न सकिन्छ । यसले खानाको स्वाद पनि बढाउँछ । मरीचलाई रातो खुर्सानीको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ ।
अदुवा– चीसो मौसममा अदुवाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरमा गर्मी ल्याउन पनि उत्कृष्ट हुन्छ । यसलाई दाल, तरकारी, सूप आदिमा वा अचारमा मिसाएर खाना सकिन्छ ।
गरम मसला– खानामा थोरै गरम मसलाले स्वाद मात्र बढाउँदैन, चीसोमा शरीरलाई न्यानो पनि दिन्छ, जुन यो मौसममा धेरै महत्वपूर्ण हुन्छ ।