संसारमा नयाँ प्रकारको पर्यटनको चलन बढ्दै छ । बिदामा आआफ्ना छोराछोरीसँग नयाँ हिल स्टेशन अथवा मोजमस्तीमा जानेहरू अब डार्क टुरिज्मप्रति आकर्षित भइरहेका छन् । यो यस्तो टुरिज्म हो, जहाँ मानिस त्रासदिपछि सुनसान भएको स्थान वा चिहानमा जान चाहन्छ ।

८० प्रतिशत अमेरिकी जीवनकालमा कमसेकम एकपटक डार्क टुरिज्म जान चाहन्छन् । ३० प्रतिशत अमेरिकी रूस–युक्रेन युद्ध समाप्त हुने प्रतीक्ष्Fामा छन् कि उनीहरू युक्रेन घुम्न सकून् । युद्धपछि देशको अवस्था कस्तो हुन्छ, यसबाट कसरी उनीहरू मुक्त हुन्छन्, यो कुरा बुझ्न र यसबाट शिक्षा लिन उनीहरू घुम्न चाहन्छन् ।

पासपोर्ट फोटो डट अनलाइनद्वारा सेप्टेम्बरमा ९०० भन्दा बढी मानिसमाथि गरिएको एउटा सर्भेमा यो खुलासा भएको हो । नोटिङ्घम टे«न्ट युनिभर्सिटीमा टुरिज्म स्टडीका प्राध्यापक डोरिना मारिया बुडाले भनिन्– पछिल्लो केही वर्षदेखि टुर अपरेटर्सहरूले हालै भएको त्रासदिपूर्ण स्थानमा जाने योजना बनाएका छन् । पर्यटकहरू न्युयोर्क र क्यालिफोर्नियामा हालै आएको तूफानबाट भएको बर्बादीको दृश्य हेर्न चाहन्छन् ।

यतिमात्र होइन, मानिसहरू ग्राउन्ड जीरो (९/११ हमला भएको स्थान)को पनि यात्रा गर्न चाहन्छन् । १७औं शताब्दीमा जादूगरीको आरोपीको उत्पीडन केन्द्रको लागि बोस्टन पनि गइरहेका छन् । जर्मनी वा पोल्यान्डको याना स्थल पनि हेर्न चाहन्छन् । डार्क टुरिज्मको माध्यमबाट मान्छे नरसंहारको शिकार व्यक्तिको इतिहास बुझ्न चाहन्छन् ।

डार्क टुरिज्म अन्तर्गत घोस्ट टुरमा पनि उनीहरूको रुचि छ । बोरो अफ दी डेडका संस्थापक एन्ड्रिया जेन्सका अनुसार जापानको सुसाइड फरेस्ट अओकिगहारा, कोलम्बियामा क्रिमिनल पाब्लो एस्कोबारको लग्जरी जेल र टेनेसीको मैककेमी मनोर घोस्ट टुरिज्मको लागि गइरहेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here