अन्तरिक्षबाट ऊर्जा जम्मा गरेर पृथ्वीमा माइक्रोवेब्सको माध्यमबाट बिजुली आपूर्ति हुने भएको छ । ब्रिटेनको स्पेस एनर्जी इनिसिएटिभका को–चेयरमैन मार्शियन सोल्ताउका अनुसार सन् २०३५ सम्म यो सम्भव हुन सक्छ । हाल उनीहरूको टीम प्रोजेक्ट ‘कैसिओपेआ’माथि काम गरिरहेको छ, जसमा धर्तीको उच्च कक्षमा ठूल्ठूला सेटेलाइट पठाइनेछ ।
बिबिसीको रिपोर्ट अनुसार उच्च कक्ष्Fमा पठाइने सेटेलाइटले सोलर ऊर्जा उत्पन्न गर्छ र त्यसलाई पृथ्वीमा पठाउँछ । सोल्ताउ भन्छन्– यस प्रोजेक्टको क्षमता असीमित छ । सैद्धान्तिकरूपमा यसले सन् २०५० मा दुनियाँको सम्पूर्ण ऊर्जा सप्लाई गर्न सक्छ ।
अन्तरिक्षमा सूर्यको ऊर्जा सप्लाई निकै बढी छ र पृथ्वीको उच्च कक्षमा ठूला सेटेलाइटको लागि स्थान पनि धेरै छ । पृथ्वीको जियोस्टेशनरी अर्बिट (भूस्थैतिक कक्ष)को चारैतिर एउटा पातलो पट्टीले हरेक वर्ष सय गुनाभन्दा बढी सौर्य ऊर्जा पाउँछ । यति ऊर्जा धर्तीमा मान्छेद्वारा सन् २०५० मा प्रयोग गरिने अनुमान छ ।
यो सेटेलाइट फ्याक्ट्रीमा बन्ने लाखौं ससाना मोडेललाई मिलाएर बन्नेछ । यसलाई अन्तरिक्षमा रोबोटको मदतबाट असेम्बल गरिनेछ । यिनै रोबोटले पछि गएर यसको मरम्मत र सभिर्सिङ पनि गर्नेछन् ।
सेटेलाइट सोलार एनर्जीलाई हाइ फ्रिक्वेन्सी रेडियो वेब्समा बदलेर त्यसलाई एन्टिनाको माध्यमबाट धर्तीमा पठाइनेछ । त्यसपछि यी रेडियो वेब्सलाई बिजुलीमा रूपान्तरण गरिनेछ । हरेक सेटेलाइट २ गिगावाट बिजुली उत्पादन गर्न सक्षम हुनेछ । धर्तीमा सूर्यको प्रकाश छरिएर आउँछ तर अन्तरिक्षमा यस्तो हुँदैन ।
अमेरिकाको एयर फोर्स रिसर्च ल्याबोरेटरीले पनि यस्तै प्रविधिमाथि काम गरिरहेको छ । यस प्रोजेक्टको नाम स्पेस सोलार पावर इन्क्रिमेन्टल डिमोन्स्टे«शन एन्ड रिसर्च हो । यसमा सोलर सेल्सलाई राम्रो गर्ने र सोलर एनर्जीलाई रेडियो वेबमा बदलेर त्यसबाट बिजुली उत्पादन गर्ने सामेल छ ।