बदलिंदो मौसममा घाँटी खसखसाउनु सामान्य कुरा हो । तर यो समस्या जब लामो समयसम्म रहन्छ भने चिकित्सकलाई अवश्य देखाउनुपर्छ । के हो सोर थ्रोटः घाँटी खसखसाउनु, आवाज बस्नु र जलन महसूस हुन्छ । तर जब यो समस्या पटक–पटक हुने र चाँडै ठीक हुँदैन भने एउटा गम्भीर समस्या बन्न सक्छ । यस्तो समस्यालाई घरेलु उपायबाट पनि ठीक गर्न सकिन्छ तर यदि समस्या गम्भीर छ भने चिकित्सकलाई देखाउनुपर्छ ।
एलर्जीः जब कसैलाई एलर्जी हुन्छ, तब उसको इम्युन सिस्टम कमजोर हुन थाल्छ, जसको कारण घाँटीसम्म सङ्क्रमण पुग्छ । हेल्थलाइन अनुसार कुनै वस्तु, बिरुवा, पालुवा जनावरको चाया र धूलोबाट हुने एजर्लीले हामीलाई सङ्क्रमित गर्छ । प्रदूषणको ससाना कण हाम्रFे रेस्पिरेटरी सिस्टममा पुगेर त्यसलाई जाम गरिदिन्छ र यसबाट सङ्क्रमण हुन्छ ।
टन्सिलः लामो समयसम्म इन्फेक्शन र घाँटी खसखसाउँछ भने यस्तो अवस्थामा टन्सिल हुन सक्छ । घाँटी दुख्ने, आवाजमा बदलाव भएपछि टन्सिल हुन सक्छ ।
यस्तो अवस्थामा तातो पानीको सेवन, एयरप्युरिफायरको प्रयोग र नोजल क्लिनकरको प्रयोग गर्नुपर्छ । वाफ लिने, मह र कागतीको चिया पिउनुपर्छ । नून–पानीले कुला गर्ने तथा धूमपानबाट टाढा बस्नुपर्छ ।