धूमपान गर्नेहरूको वरपर बस्ने व्यक्तिलाई छालासम्बन्धी रोग जस्तै दाद–खाज र सोरायसिस हुने जोखिम बढी हुन्छ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले आफ्नो अध्ययनको नतीजाको आधारमा गरेका हुन् । धूमपान गर्नेबाट धूमपान नगर्नेहरूमाथि किन कस्तो असर पर्छ सोबारे अध्ययन गरिएको थियो ।

अध्ययनमा तम्बाकुको धूवाँबाट निस्किने अपशिष्ट वरपरको सतह र धूलोमा टाँसिन्छ । यो भित्री सतहमा अनिश्चितकालसम्म रहन सक्छ । यो धूमपान गर्ने र नगर्ने दुवैलाई सम्भावित हानिकारक पदार्थको सम्पर्कमा ल्याउन सक्छ । द लैंसेट पैmमिली अफ जरनल्सको इ–बायोमेडिसिनमा प्रकाशित अध्ययन अनुसार धूमपानको धूवाँबाट निस्कने प्रदूषणको सम्पर्कमा आउने मान्छेलाई छाला रोगको खतरा बढ्छ । रिसर्चसँग सम्बन्धित शेन सकामाकी चिङले भने–अरूले धूमपान गर्दा निस्कने धूवाँ मानव छालाको सम्पर्कमा आउँछ र यसले दाद–खाज र सोरायसिसको जोमिम बढाउँछ ।

अनुसन्धानमा २२ देखि ४५ वर्षका १० जना सामेल थिए । यीमध्ये कोही पनि धूमपान गर्दैनथे र उनीहरू पूर्णरूपले स्वस्थ थिए । तीन घण्टाको लागि हरेक व्यक्तिलाई धूमपानबाट निस्कने प्रदूषणवाला एउटा शर्ट लगाएर टे«डमिलमा १५ मिनेटसम्म हिंडाइयो । पसिनाबाट शरीरमा यो प्रदूषण चाँडै प्रवेश गर्छ ।

त्यसपछि प्रतिभागीको रगत र मूत्रको नमूना लिइयो । यसमा उनीहरूको शरीरमा प्रोटीनसमेत अन्य कारकमा बदलावको जाँच गर्दा धूमपान प्रदूषणको सम्पर्कमा आउँदा मान्छेको डिएनए, लिपिड र प्रोटीनमा नोक्सान पुगेको थियो । यो चुरोट पिउने व्यक्तिलाई हुने नोक्सानजस्तै थियो । यद्यपि छाला हाम्रFे शरीरको सबैभन्दा ठूलो अङ्ग हो, यसैले प्रदूषणबाट यसमा हानि बढी पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here