कुनै पनि रोग पत्ता लगाउन रगत, सिटी स्क्यान र अन्य प्रकारको जाँच गराउनुपर्छ तर अब बोलेर रोग पत्ता लगाउने तयारी गरिंदैछ । अमेरिकाको फ्लोरिडा युनिभर्सिटीका हेल्थ भ्वाइस सेन्टरले हालै अध्ययन गरेको छ । यसमा करीब ३० हजार प्रकारको आवाजको एउटा डाटाबेस तयार गरिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) बेस्ट यस टुलको प्रयोग गरेर अल्जाइमरदेखि क्यान्सरसम्म पत्ता लगाउन सकिन्छ । प्राध्यापक येल बेनसोयुसनले भने–यस्ता व्यक्ति जसको आवाज सुस्त हुन्छ र पिच टोन लो हुन्छ, उनीहरू पार्किन्सन रोगबाट पीडित हुन सक्छन् । यसै प्रकार आवाजमा अचानक भारीपन हुँदा स्ट्रोकको जोखिम हुन सक्छ । अड्किएर बोल्नु पक्षघातको सङ्केत हुन सक्छ । यस प्रकार अन्य आवाजको आधारमा बिमारीको पहिचान हुन सक्छ । यसको जाँच गर्नको लागि व्यक्तिलाई ऐपमा दिइएको लाइन्स पढ्नुपर्छ ।
अर्कोतर्फ ठूला टेक कम्पनी पनि यसबारे काम गरिरहेका छन् । भ्वाइस असिस्टेन्ट तयार गरिंदैछ । जस्तै अमेजनको एलेक्सा आवाजमा बदलाव भएपछि सन्देश दिन्छ कि तपाईंलाई रूघाखोकी त लागेको छैन ? चिकित्सकसँग सुझाव लिनुहोस् । यस्तो हुँदा कैयौंपटक तपाईं कुनै ठूलो रोगको जानकारी पहिले नै प्राप्त गर्नुहुनेछ, र सही समयमा उपचार गराउन सक्नुहुन्छ ।
शोधकर्ताको टीमले ५ क्ष्Fेत्रको आवाजको नमूना जम्मा गरे । यसमा तन्त्रिकासम्बन्धी, आवाजसम्बन्धी, मनोदशासम्बन्धी, श्वसनसम्बन्धी र आत्मकेन्द्रित र बच्चाको बोलाइ र हच्काइ सामेल छ ।