नितेश कर्ण, वीरगंज, ३० असोज/

नेपाली काङ्ग्रेसबाट पर्सा क्षेत्र नं ४ का उम्मेदवार एवं केन्द्रीय सदस्य रमेश रिजालले नेकपा एमाले गणतन्त्र, लोकतन्त्र र सङ्घीयता विरोधी भएको आरोप लगाएका छन् ।

नेकाले  जगरनाथपुर र जीराभवानी गाउँपालिकामा आयोजना गरेको गापास्तरीय कार्यकर्ता भेलामा उम्मेदवार रिजालले नेकाले देशमा सबैभन्दा बढी विकास गरेको दाबी गरे । उनले काङ्ग्रेस र कम्युनिस्टले देशमा आधाआधी शासन गरे पनि सबैभन्दा बढी देशको विकास नेकाको पालामा भएको उनले दाबी गरे । २०४८ सालपछि शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा नेकाले बढी काम गरेको उनले बताए ।

नेकाको पालामा मेडिकल कलेज, इन्जिनीयरिङ कलेजको अध्ययन नेपालमा शुरू भएको उनको दाबी थियो ।

उनले एमाले सदैव नागरिकता विधेयकको विरोधमा रहेको आरोप लगाउँदै एमालेकै कारण विधेयक पारित नभएको बताए । एमालेले खुला सीमामा काँडेतार लगाएर राहदानीबाट आवतजावत प्रणाली विकास गर्न खोजेको दोष पनि लगाए । उनले नेकाको पक्षमा मतदान गर्न आग्रह गरे । आफू जिते पनि, हारे पनि जहिले पनि जनतामाझ रहेर काम गर्ने उम्मेदवार रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here