• विश्वराज अधिकारी

मुद्रास्फीति नियन्त्रण गर्न विश्वका केन्द्रीय बैंकहरूले ब्याजदरमा वृद्धि गर्ने क्रम जारिराखेका छन् । अर्थात् अहिले मुद्रास्फीति नियन्त्रण गर्न सकिएको छैन । युक्रेन–रूस युद्ध रोकिने कुनै सङ्केत देखिएको छैन । उल्टो, यी देशहरू परम्परागत युद्धबाट परमाणु युद्धतर्फ लम्किंदै छन् । रूसले युक्रेनमाथि परमाणु अस्त्र प्रहार गर्ने चेतावानी दिइरहेको छ ।

विश्वका तीन ठूला अर्थ व्यवस्था–संयुक्त राज्य अमेरिका, चीन र युरोपियन युनियन तीव्ररूपमा सुस्त हुँदैछन् । युरोपियन युनियनबाट छुट्टिएको ग्रेट ब्रिटेनको अर्थ व्यवस्था पनि सङ्कटग्रस्त छ । संरा अमेरिकामा चालीसवर्ष यताकै सर्वाधिक मूल्य वृद्धि भएको छ । वस्तु र सेवाका मूल्य उच्चस्तरमा बढेका छन् ।

विश्व आपूर्ति व्यवस्था सुस्त मात्र होइन, कुनै क्षेत्रमा अनिश्चित पनि हुन पुगेको छ । अहिले विश्वभरि नै उत्पादन र उत्पादकत्व दुवैमा निकै कमी आएको छ । विकासशील देशका अर्थतन्त्रहरूले अहिले आर्थिक सङ्घर्ष नै गरिरहेका छन् । यी सबै किसिमका स्थिति सन् २०२३ मा विश्वभरि मन्दी ल्याउने कारण बन्दैछन् । अर्थविज्ञ, अर्थशास्त्री एवं यस क्षेत्रसँग सम्बद्ध व्यक्तिहरू सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने भविष्यवाणी गर्दैछन् । सन् २०२३ मा सन् १९८२ र सन् २००८ झैं विश्व अर्थ व्यवस्थामा मन्दी आउने उनीहरूले अग्रिम चेतावनी दिइरहेका छन् ।

के साँच्चै सन् २०२३ मा विश्व अर्थ व्यवस्थामा मन्दी आउने छ ? हो, सन् २०२३ मा मन्दी आउने वातावरण तयार हुँदैछ । वर्तमान विश्व परिस्थितिले गर्दा सन् २०२३ मा मन्दी आउने सम्भावना बढेर गएको छ । आउनुहोस्, मन्दी आउन सक्ने कारण वा आधार खोजौं ।

युक्रेन–रूस युद्धः युरोपका लागि ठूलो इन्धन आपूर्तिकर्ता रूस र विश्वको खाद्य भण्डार मानिएको युक्रेन दुवै युद्धरत छन् । र यी दुई राष्ट्रबीच युद्ध समाप्त हुने अवस्था देखिएको छैन । विश्व अर्थ व्यवस्थमा महŒवपूर्ण भूमिका खेल्न यी दुई राष्ट्र युद्धरत हुँदा विश्व उत्पादन र वितरण व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ । इन्धनका लागि रूसको भर पर्ने युरोपेली राष्ट्रहरूको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ किनभने ती राष्ट्रहरूले रूसबाट इन्धन खरीदमा ठूलो कटौती गरेका छन् । यसैगरी खाद्यान्नका लागि युक्रेनको भर पर्ने राष्ट्रहरूमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । युद्धरत युक्रेनले खाद्यान्न उपत्पादन पूर्ववत् स्थितिमा गर्न सकेको छैन भने जेजति उत्पादन गरिरहेको छ त्यो पनि सहजै विभिन्न राष्ट्रहरूमा आपूर्ति गर्न सकेको छैन । युद्धले गर्दा युक्रेनको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ ।

युक्रेनबाट खाद्यान्न नआइपुग्दा लेबनानमा खाद्यान्न सङ्कट नै उत्पन्न भएको छ । पहिलेदेखि नै टाट पल्टिने स्थितिमा रहेको लेबेनान युक्रेन–रूस युद्धले गर्दा चरम आर्थिक सङ्कटको नजीक पुगेको छ । त्यहाँका बैंकहरू निक्षेपकर्ताको रकम उनीहरूले माग गर्दा दिन नसक्ने स्थितिमा पुगेका छन् । लेबनानका बैंकहरूमा तरलताको चरम सङ्कट छ ।

युक्रेन–रूस युद्धले गर्दा यी दुवै राष्ट्रले आफूसँग रहेको रकम केवल हातहतियार निमार्ण एवं खरीदमा खर्च गरिरहेका छन् । उत्पादन कर्यमा खर्च गर्न सकिरहेका छैनन् । अर्कोतिर यी राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपरिरहेको छ ।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने त छ नै, साथै त्यो मन्दीको स्थिति ज्यादै कष्टकर हुनेछ । विकासशील मात्र होइन, विकसित मुलुकका नागरिकको पनि आर्थिक जीवन पीडादायी हुनेछ ।

कोभिड १९ पछिको स्थिति : सन् २०१९ मा प्रारम्भ भएको कोभिड सङ्कटले विश्व अर्थ व्यवस्थालाई गतिहीन पारेको थियो । सन् २०२० को अन्तसम्म पनि कोभिड १९ वा कोरोना–सङ्कटले अति सुस्त पारिदिएको विश्व अर्थ व्यवस्थाको गति सुस्त नै रह्यो, तीव्र हुन सकेन । सन् २०२२ देखि केही सुधार देखिए पनि युक्रेन–रूस युद्धले विश्व अर्थ व्यवस्थामा सुधार देखिएन । कोभिड १९ को असर समाप्त भए तापनि युक्रेन र रूसको युद्धले गर्दा बजारहरू अनिश्चितताको घेराभित्र परे । लगानीकर्ताहरूले लगानी गर्न चासो देखाएनन् भने उत्पादकहरू ठूलो परिमाणमा उत्पादन गर्न अनिच्छुक रहे । अर्थात कोभिड १९ ले सुस्त पारेको विश्व अर्थ व्यवस्थालाई युक्रेन र रूस युद्धले झनै सुस्त पार्न एक किसिमको अवरोधको कार्य ग¥यो ।

युक्रेन–रूस युद्ध नरोकिने हो भने सुस्त किसिमले अगाडि बढिरहेका विश्वभरिका उत्पादक एवं वितरकहरू झनै सुस्त हुनेछन् र उनीहरूको सुस्तताले विश्व अर्थ व्यवस्थालाई तीव्रगतिमा मन्दीतिर पठाउने छ ।

उपेक्षित कृषि क्षेत्र : कृषि क्षेत्रमा गरिने लगानीको प्रतिफल प्राप्त गर्न लामो समय कुर्नुपर्छ । विकसित र विकासशील, दुवै राष्ट्रका कृषकहरूले आफ्नो लागनीको प्रतिफल पाउन लामो समय कुर्नुको विकल्प हुँदैन । र प्रतिफलको लागि लामो समयसम्म कुर्नुपर्ने स्थितिको अर्थ कम अवधिमा ठूलो मुनाफा गर्न नसक्नु हो । अर्थात् सानो अवधिमा ठूलो मुनाफा प्राप्त गर्नका लागि उद्योग वा व्यापारमा लगानी गर्नुपर्ने हुन्छ । सानो अवधिमा उच्च मुनाफा दिने क्षेत्र अहिले व्यापार भएको छ । विश्वभरिका ठूला लगानीकर्ताहरूले अहिले व्यापारमा ठूलो परिमाणमा पूँजी लगानी गरिरहेका छन् । विश्वविख्यात कम्पनीहरू–एपल, माइक्रोसफ्ट, अल्फाबेट, एमेजन, टेस्ला आदिले व्यापारमा प्रचुर लगानी गरेर कम समयमा ठूलो आर्जन गर्न सकेका हुन् ।

वर्तमान विश्व परिस्थिति हेर्दा अहिले कृषि क्षेत्र उपेक्षित हुन पुगेको छ । दक्षिण एशियाको सर्वाधिक ठूलो अर्थतन्त्र भारतमा पनि कृषि क्षेत्र अहिले युवापीढीको प्राथमिकतामा पर्दैन । त्यहाँका युवाहरूलाई अहिले ‘आइटी’ क्षेत्रले चुम्बकले झैं तानेको छ । त्यति मात्र होइन, भारतका मेधावी युवा अध्ययनका लागि अमेरिका आउने र अध्ययन पश्चात् अमरिकामैं स्थायी बसोवास गर्ने एक किसिमको चलन मात्र होइन, संस्कृति नै हुन पुगेको छ । भारतका मेधावी छात्रहरू कृषि पेशामा गएको उदाहरण शून्य बराबर छ । कुशल र मेधावी जनशक्तिको भारतको कृषि क्षेत्रमा उपयोग हुने हो भने यो देश दक्षिण एशियाको अन्न भण्डार हुन सक्छ । अमेरिकाझैं भारतले पनि उन्नत किसिमले खाद्यान्न उत्पादन गर्न सक्छ । भारतको अनुकूल मौसम र भूमिले उत्पादन गर्न सघाउँछ पनि ।

भारतझैं नेपालमा पनि कृषि पेशाले महŒव पाउन सकेको छैन । भारतका युवाझैं नेपाली युवा पनि कृषि क्षेत्रलाई आकर्षक मान्दैनन् । नेपालको स्थिति त झनै डरलाग्दो छ । नेपालमा त कृषि जनशक्तिको ठूलो अभाव नै छ । नेपालका युवा ठूलो सङ्ख्यामा मलेशिया र खाडीका मुलुकहरूमा पुगेको हुनाले नेपालमा कृषि–श्रमिक र व्यवस्थापक, दुवैको ठूलो अभाव छ । नेपालका मेधावी युवाले कृषि पेशालाई महŒव दिएको इतिहासमैं देखिंदैन । उल्टो अमेरिका, युरोप, अस्ट्रेलियातिर पलायन भएका छन् ।

भारत र नेपाल प्रतिनिधि उदाहरण मात्र हुन् । कृषि क्षेत्र अहिले विश्वभरि उपेक्षित हुन पुगेको छ । सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले संसारभरिका मानिसको ध्यान कृषिबाट विमुख भएको छ । ज्यान नै उच्च जोखिममा राखेर भए पनि, सुखद भविष्यका लागि अफ्रिकाका अनेक देशबाट युरोप र अमेरिका पुग्ने अफ्रिकी युवा सङ्ख्या पनि अति ठूलो छ ।

अफ्रिकामा पनि कृषि क्षेत्रले महŒव पाउन सकेको छैन । अर्कोतर्फ धार्मिक क्ट्टरताको भासमा डुबेका केही अफ्रिकी देशहरूले राम्ररी कृषि भूमिको उपयोग गर्न सकेका छैनन् । सोमालियामा खाद्यान्न सङ्कटले गर्दा भोकमरीको स्थिति छ । त्यहाँको कट्टर धार्मिक सङ्गठन अल–सबाबले कतिपय स्थानमा कृषकहरूलाई भूमिको उपयोग गर्न दिएको छैन । सोमालियाको २० प्रतिशत भाग अल–सबाबको नियन्त्रणमा छ र त्यहाँ अल–सबाबको शासन चल्छ ।

सोमालियाको जस्तै स्थिति अफ्रिकाका अन्य देशहरूमा पनि छ । अफ्रिकाको स्थितिले पनि सन् २०२३ मा विश्व अर्थ व्यवस्था मन्दीमा जान सहयोग पु¥याउने छ ।

युद्ध र कुशासन ः नेपाल, अफगानिस्तान, श्रीलङ्काजस्ता राष्ट्रले राम्रो नेतृत्व पाउन नसकेको हुनाले यी र यस्ता राष्ट्रको उत्पादन व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ । नेताहरूको चरम स्वार्थले गर्दा यी र यस्ता राष्ट्रहरूले आफ्ना उत्पादनका साधन–भूमि, श्रम, सङ्गठन र पूँजीको राम्रो उपयोग गर्न सकेका छैनन्, गरीबी कम पार्न सकेका छैनन् ।

यो चेतनाको युगमा पनि युद्ध रोकिएको छैन । युक्रेन र रूस मात्र होइन, अहिले यमन, सिरिया, इजराइल, लेबनान, पेलेस्टिन र अफ्रिकाका विभिन्न मुलुक युद्धरत छन् ।

युद्ध र कुसाशनले पनि सन् २०२३ मा मन्दी ल्याउन सहयोग पु¥याउन सक्छ ।

यसरी माथिका आधार एवं कारणहरूले गर्दा सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने सम्भावना प्रबल भएर गएको छ । पूर्व तयारीस्वरूप विज्ञहरूले विभिन्न नीतिगत सुधार नगर्ने हो भने सन् २०२३ मा विश्व अर्थ व्यवस्थमा मन्दी आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here