सबैलाई स्वादिष्ट खानाको चाहना हुन्छ र गरम खानाले स्वाद बढाउँछ । धेरैको घरमा खाना पकाउने बित्तिकै खाइन्छ भने धेरैको घरमा खानालाई फेरि तताएर खाइन्छ ।

दौडधूपको जीवनमा धेरैले बिहानै बेलुकीको खाना पनि बनाएर फेरि तताएर खान्छन् । तर तपाईंको यो बानी तपाईंको स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । फेरि तताउँदा धेरै खानेकुरा विषजस्तै हुन्छन् । केही यस्ता खानेकुराहरू जसलाई पुनः तताउँदा शरीरलाई पोषण दिनुको सट्टा विषाक्त पदार्थको ढोका बन्छन् ।

अन्डाः पौष्टिक तŒवले भरिपूर्ण अन्डाबाट बनेका परिकारलाई पुनः तताएर खाँदा स्वास्थ्यलाई हानि पु¥याउन सक्छ । अन्डाबाट बनेका परिकारलाई फेरि तताउँदा यसको स्वाद परिवर्तन हुन्छ र यो खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

च्याउः    स्वादप्रेमीहरूले यो तरकारी धेरै उत्साहका साथ खान्छन् । च्याउ धेरै परिकारमा प्रयोग गरिन्छ । च्याउ काट्ने बित्तिकै यसमा प्रोटिनको मात्रा कम हुन थाल्छ, त्यसैले यसलाई काटेर भण्डार नगर्नुहोस् । पकाएर तुरुन्तै खानुहोस् । यसलाई फेरि तताएर खाँदा पेट खराब हुन सक्छ ।

चामलः स्वास्थ्य लाभले भरिपूर्ण चामललाई धेरैजसो मानिसको मनपर्ने खानेकुरा मानिन्छ तर यसलाई फेरि तताएर खानु पनि गलत हो । सुपरफूड भनिने चामलबाट बनेका परिकारलाई पुनः तताएमा शरीरमा विषको भूमिका खेल्छ ।

चुकन्दरः चुकन्दरबाट बनाइएका खानालाई राम्ररी चीसो हुज नदिनु र यसलाई फेरि तताएर खानु तपाईंको लागि खतरनाक हुन सक्छ । चुकन्दरमा नाइट्रिक अक्साइड हुन्छ । जब चुकन्दरबाट बनाइएका खानेकुरालाई चीसो नगरीकन पुनः पकाउनुहुन्छ, यो पहिले नाइट्रेटबाट नाइट्राइट र त्यसपछि नाइट्रोमाइन्समा परिणत हुन्छ । जसले कतिपयलाई क्यान्सर पनि हुने गर्छ । त्यसैले चुकन्दरलाई तताएर खानुुहुँदैन ।

पालकः पातदार तरकारीमा समावेश पालकलाई आइरनको उत्तम स्रोत मानिन्छ । यसको धेरै परिकार बनाउन सकिन्छ, जसमध्ये सबैभन्दा सामान्य पालक पनीर हो । प्रायः मानिसहरूले राति उब्रेको पालक पनीरलाई फेरि तताएर खाने गर्छन् । अनुसन्धानमा भनिएको छ कि यो विधिले क्यान्सरको जोखिम बढाउँछ ।

कुखुराः कुखुराको मासुमा धेरै पोषक तŒव पाइन्छन् । तर अन्डा जस्तै यसमा पनि साल्मोनेला हुन्छ । त्यसैगरी, कुखुरालाई पकाएर लामो समयसम्म सामान्य तापक्रममा राख्दा यसमा ब्याक्टेरिया धेरै गुणा बढ्छ । त्यसैले कुखुरा पकाउँदा यसको आन्तरिक तापक्रम १६५ डिग्री पुग्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । जुन माइक्रोवेभमार्फत पूर्णरूपमा सम्भव छैन । त्यसैले यसलाई पकाएपछि तुरुन्तै खानु राम्रो हुन्छ । ध्यान राख्नुहोस् कि कुनै पनि परिस्थितिमा यसलाई पुनः तताउनुहुँदैन ।

आलुः हरेक घरमा मानिसहरूले धेरैजसो तरकारी बनाउन आलुको मदत लिन्छन् । आलुलाई लामो समयसम्म पकाउनु स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । विज्ञहरूका अनुसार यो अवस्थाले क्लोस्ट्रिडियम बोटुलिनमलाई प्रोत्साहन गर्छ, जुन एकदमै अस्वस्थ मानिन्छ ।

तेलः अत्यन्त महŒवपूर्ण कुरा, कुनै पनि प्रकारको तेल पुनः तताउनुहुँदैन । हामी अक्सर सोच्छौं कि खाना पकाउने तेललाई पुनः तताउन सकिन्छ र पुनः फ्राइको लागि प्रयोग गर्न सकिन्छ । तर यो स्वास्थ्यको लागि सबैभन्दा हानिकारक साबित हुन सक्छ । पुनः तताउँदा यसले कार्सिनोजेनिक गुणहरू उत्पादन गर्छ, जसको फलस्वरूप क्यान्सरको जोखिम बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here