प्रस, परवानीपुर, १६ भदौ/

पर्साको दुर्गम र ग्रामीण भेगको पालिकाको रूपमा चिनिन्छ, जगरनाथपुर गाउँपालिका। २०७४ सालको स्थानीय तहमा गापा अध्यक्ष्Fमा तत्कालीन नेकपा माओवादीका एवं हालका एमाले नेता जालीम मियाँ निर्वाचित भएका थिए। गत जेठ ३० गतेको चुनावपछि नेपाली काङ्ग्रेसका क्ष्Fेत्रीय सभापति श्रीकान्त यादव गापा अध्यक्षमा निर्वाचित भए। अहिले उनीमाथि वैशाख, जेठ, असार गरी तीन महीनाको सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोप लागिरहेको छ।

सामाजिक सुरक्षा भत्तामा वृद्धवृद्धा, एकल महिला, दलित, अपाङ्गलगायतले मासिकरूपमा पाउने भत्ता नपाउँदा उक्त रकम नवनिर्वाचित जनप्रतिनिधिहरूले अनियमितता गरेको आरोप लागिरहेको छ।

यस विषयमा गापा अध्यक्ष्F यादवले गापाको पञ्जीकरण शाखामा कार्यरत कर्मचारीको लापरवाहीका कारण चैतमा विवरण अद्यावधिक नहुँदा रकम आएर फिर्ता गएको बताए।

उक्त रकम फेरि पाउनको लागि हालको कार्यपालिकाले निर्णय गरेर कोलेनिकामा बुझाउनुपर्ने र कोेलेनिकाले महालेखापरीक्ष्Fकलाई र महालेखाले मन्त्रिपरिषद्बाट निर्णय गराएर अर्थ मन्त्रालयमा बुझाएपछि उक्त रकम निकासा भएर आउने प्रावधान रहेकोले ढिलाइ भइरहेको जवाफ दिए।

उनले भदौको अन्त्यतिर तीन महीनाको एकमुस्ट करीब दुई करोड ६८ लाख रुपैयाँ वितरण गर्ने तयारी भइरहेको जानकारी गराए। यसअघिका जनप्रतिनिधिहरूको प्रभावमा परी पञ्जीकरण शाखाका कर्मचारीले समयमैं सामाजिक सुरक्षा भत्ता पाउनेहरूको विवरण अद्यावधिक नगरेको पाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here