संसारमा क्यान्सरको मामिला बढ्दैछ । क्यान्सर शरीरको जुनसुकै भागमा हुन सक्छ । शरीरको प्रोस्टेटमा पनि क्यान्सर हुन्छ, जसलाई प्रोस्टेट क्यान्सर भनिन्छ । यो केवल पुरुषलाई मात्र हुन्छ । क्यान्सरबाट जोगिन चिकित्सकहरूले स्वस्थ दिनचर्या र नियमित स्वास्थ्य जाँच गराउन सल्लाह दिन्छन् ।
हालै शोधकर्ताहरूले गरेको नयाँ अनुसन्धान अनुसार यौन गतिविधिबाट प्रोस्टेट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । उनीहरूको निष्कर्ष छ, तपाईंको प्रोस्टेटलाई स्वस्थ राख्ने एक तरीका उच्च स्तरको यौन गतिविधि हो । हार्वर्ड युनिभर्सिटीका शोधकर्ताद्वारा युरोपीय युरोलोजी जर्नलमा यो रिसर्च प्रकाशित गरिएको छ, जसमा भनिएको छ–जसले बढी वीर्य निकाल्ने काम गर्दथे, उनीहरूमा प्रोस्टेट ट्युमरको अनुबन्धको सम्भावना कम थियो । यसमा हस्तमैथुनको माध्यमबाट होस् वा आफ्नो जीवनसाथीसँग शारीरिक सम्बन्ध बनाएरसमेत सामेल थियो । शोधकर्ताले ३२ हजार पुरुषको यौन आदत अध्ययन गरी यो निष्कर्ष निकालेका हुन् ।
कुल मिलाएर यो निर्धारित गरिएको थियो कि एकजना पुरुषको रूपमा तपाईंको एक महीनाको दौरान २१ पटक आफ्नो सिमन डिस्चार्ज गर्नुपर्छ । यो पाइएको छ कि जुन पुरुषले महीनाको दौरान कमसेकम २१ पटक सिमन आफ्नो शरीरबाट निकालेका थिए, उनीहरूमा प्रोस्टेट क्यान्सरको जोखिम अन्य व्यक्तिको तुलनामा ३३ प्रतिशत कम थियो ।
शोधकर्ताका अनुसार यस्तो होइन कि केवल वीर्य त्याग गर्नाले प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ, यसको लागि अन्य कारण पनि हुन्छ । मोटोपन, तम्बाकु र उच्च बोसो भएको भोजन खानेहरूलाई सजिलै प्रोस्टेट क्यान्सर हुन सक्छ । अध्ययनका लेखक भन्छन्–युवा उमेरमा कम वीर्य त्याग गर्नेको तुलनामा बढी गर्ने पुरुषलाई पछि प्रोस्टेट क्यान्सर हुने सम्भावना कम थियो । यो एउटा ठूलो सम्भावित अध्ययनले प्रोस्टेट क्यान्सरको रोकथाममा वीर्य त्यागको भूमिकालाई दर्शाउँछ ।
आँकडाले भन्छ–आयरल्यान्डमा ३२ हजार ५०० भन्दा बढी पुरुष प्रोस्टेट क्यान्सरसँगै जीवन बिताइरहेका छन् । यसको अलावा टेस्टिकुलर क्यान्सर युवा पुरुषमा सबैभन्दा साधारण क्यान्सर हो । १८–२४ आयु वर्गका अधिकांश पुरुषमध्ये लगभग आधा (४८ प्रतिशत)ले पछिल्लो छ महीनामा यस प्रकारको लक्षण चेकजाँचको लागि शायदै वा कुनै बेला जाँच गराएका थिए ।
कुल मिलाएर ४७ प्रतिशत पुरुष टेस्टिकुलर क्यान्सरको लक्षणको लागि आफ्नो अण्डकोषको जाँच गराउन जाँदैनन् र १८–३४ आयु वर्गको प्रत्येक दशजनामध्ये लगभग चारजना पुरुषलाई यो थाहा हुँदैन कि ठीकसँग परीक्षण गर्नुपर्छ कि पर्दैन ।