शोखको लागि रक्सी पिउँदा पछि गएर यसको लत बस्छ । यदि सातामा ८–१० बोतल वा क्यान रक्सी पिउनुहुन्छ भने यसबाट मुक्ति पाउन निकै जरूरी छ । यदि तपाईं कहिलेकाहीं निकै कम मात्रामा रक्सी पिउनुहुन्छ भने यो तपाईंको लागि विष साबित हुँदैन । तर तपाईं हरेक दिन गिलास भरेर रक्सी पिउनुहुन्छ भने यसले तपाईंको शरीरलाई भित्रबाटै खोक्रो बनाइरहेको हुन्छ ।

रक्सीको लत एउटा बिमारी हो जसको कारण अहिले पनि पूर्णरूपले पत्ता लगाउन सकिएको छैन । अल्कोहल युज डिसअर्डर तब विकसित हुन्छ जब तपाईं बढी रक्सी सेवन गर्दा मस्तिष्कमा रासायनिक परिवर्तन हुन्छ । रक्सी पिउँदा सुखद भावना बढाउँछ । त्यसकारण तपाईंले बढी पिउन चाहनुहुन्छ, भलै यसबाट नोक्सान किन नहोस् ।

रक्सीको लत छुटाउने तरीकामा थुप्रै अनुसन्धान भएको छ, जसमध्ये एउटा प्राकृतिक तरीका छ, जसले यो लत छुटाउन सकिन्छ । एउटा अध्ययन अनुसार भारत रक्सी सेवनको मामिलामा सबैभन्दा अगाडि छ । चीनपछि भारत स्पिरिट्सको दोस्रो ठूलो ग्राहक हो । भारतमा ६६३ मिलियन लिटरभन्दा बढी रक्सी सेवन  हुन्छ, जुन सन् २०१७ को तुलनाभन्दा ११ प्रतिशत बढी हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार दुनियाँभरिमा सामान्य १६ प्रतिशतको तुलनामा ११ प्रतिशत भारतीय रक्सीको उपभोक्ता हो ।

बढी रक्सी सेवनबाट कलेजो क्षतिग्रस्त हुन्छ । यसको साथै गैस्ट्रोइन्टेस्टाइनल पथबाट रक्तस्राव तथा क्यान्सर, मस्तिष्कको कोशिकालाई नोक्सान, पागलपन, डिप्रेशन, उच्च रक्तचाप, अग्नाशय सुन्निने, नर्भ डैमेज, वर्निक–कोर्साकोफ सिन्ड्रोमसहित मानसिक स्थितिमा परिवर्तनको जोखिम हुन्छ । यसको अलावा पारिवारिक, आर्थिक र सामाजिक जीवनमा पनि यसले प्रभावित गर्छ । तसर्थ रक्सीको लत समयमैं छोड्नुपर्छ ।

एउटा शोध अनुसार मैजिक मशरूम जसलाई साइकेडेलिक मशरूम पनि भनिन्छ । यो तरकारीको रूपमा खाएपछि रक्सीको लत निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ । च्याउमा साइलोसाइबिन नामक एउटा तŒव हुन्छ, जुन मानसिक विकारलाई टाढा गर्न सहायक हुन्छ । अध्ययन अनुसार ९३ जना जँड्याहालाई साइलोसाइबिन वा एउटा डमी औषधियुक्त क्याप्सुल दिइएको थियो र केही महीनापछि तीमध्ये आधाले रक्सी पिउन पूर्णरूपमा बन्द गरिदिएका थिए ।

अध्ययन अनुसार साइकेडेलिक मशरूममा हुने एउटा यौगिकले अत्यधिक रक्सी पिउने जँड्याहालाई रक्सी छाड्न मदत गर्छ । च्याउको थुप्रै प्रजातिमा पाइने साइलोसाइबिनले धेरै घण्टासम्म विशद मतिभ्रम उत्पन्न गर्न सक्छ । वैज्ञानिकले यो कुरा खोज्दैछन् कि के यसले अवसादलाई पनि कम गर्न सक्छ वा लामो समयसम्म धूमपान गर्ने अम्मलीलाई पनि यसबाट मुक्त हुन मदत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here