तातो खाना वा पेय पदार्थ हतार गरेर खाँदा जिब्रो पोल्छ । जिब्रो नराम्ररी पोलेपछि खानेकुरा खान पनि गा¥हो हुन्छ भने स्वाद पनि थाहा हुँदैन । जिब्रो पोलेपछि हलुका जलनको अनुभूति भइरहेको छ भने यसबाट छुटकारा पाउन चीसो पानी पिउनुपर्छ । चीसो पानीको साथै बरफ, आइसक्रिम, चीसो जूस पनि सेवन गर्न सकिन्छ । तातो खानेकुरा खानुहुँदैन ।
दहीले जलनलाई शान्त गर्छ । यसको साथै दहीले जिब्रोको स्वादलाई पनि फर्काउँछ । दहीले जिब्रोलाई शीतलता दिन्छ, घाउ हुन दिंदैन तसर्थ जिब्रो पोलेपछि दही खानुपर्छ । चीसो पानी खाएपछि तपाईंको जिब्रोको तापमान सामान्य हुन्छ भने हलुका मनतातो पानीमा एक चम्चा नून राखेर कुल्ला गर्नुपर्छ । यसबाट जिब्रोमा हुने जलन शान्त हुन्छ । नूनमा प्राकृतिक एन्टिसेप्टिक गुण हुन्छ जसले सुन्निएको र दुखाइ कम गर्छ ।
महमा जीवाणुरोधी र सुजनरोधी गुण हुन्छ । यसले जलन कम गर्छ । मुखमा एक चम्चा मह राखेर त्यसलाई निल्नुभन्दा केही समय मुखमैं राख्दा घाउ हुँदैन । त्यसपछि पानीले कुल्ला गर्नुपर्छ । चिनी प्राकृतिक पेन रिलिभरको रूपमा जानिन्छ । जिब्रो पोलेपछि केही चिनीको दाना जिब्रोमा राखेर घोल्नुपर्छ । यसबाट जलनमा आराम हुन्छ । पुदिनामा मेन्थोलको गुण हुन्छ जसले जलन भएको भागलाई सुन्न गरिदिन्छ र सुजन कम गर्छ । पुदिनामा हुने जीवाणुरोधी गुणले छालालाई नोक्सान हुनबाट बचाउँछ । पोलेको जिब्रोमा पुदिनाको पेस्ट लगाउन सकिन्छ । घ्यूकुमारीको लेदो पोलेको जिब्रोमा लगाउँदा जिब्रFे सुन्निएको र घाउमा आराम दिन्छ ।