हरेक स्मार्टफोनलाई उत्कृष्ट तरीकाले बनाइन्छ र प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्दा उत्कृष्ट अनुभव प्राप्त गरोस् भन्ने प्रयास गरिन्छ, त्यसैले कम्पनीहरूले केही विशिष्ट सुविधाहरू समावेश गर्छन् ।

यद्यपि प्रयोगकर्ताहरूलाई स्मार्टफोनका धेरैजसो सुविधाका बारेमा जानकारी हुन्छ, तर केही फिचरका बारेमा धेरै कमलाई मात्र थाहा हुन्छ । जुन यति गजबको छ कि तपाईंले त्यसबाट उत्कृष्ट कलिङ अनुभव पाउनुहुन्छ । वास्तवमा हरेक स्मार्टफोनको फेदमा एउटा सानो प्वाल हुन्छ । धेरैजसो मानिस यो प्वाललाई डिजाइनको एक हिस्सा मान्छन् तर वास्तविकता योभन्दा फरक छ ।

यो सानो प्वाल केको लागि उपयोगी छ त ? वास्तवमा यो एक ‘न्वाइज क्यान्सिलेशन माइक्रोफोन’ हो, जुन कल गर्दा धेरै उपयोगी छ । यदि तपाईं कलमा कुरा गरिरहनुभएको छ भने यो माइक्रोफोनले पछाडिका अनावश्यक आवाजहरू कलमा कुरा गर्ने व्यक्तिसम्म नपुगेको सुनिश्चित गर्दछ र कलमा कुरा गर्ने व्यक्तिले फोन समातेर कुरा गरिरहेको व्यक्तिको आवाज मात्र सुन्न सक्छ । यो माइक्रोफोनले पछाडिबाट आउने आवाजलाई पूर्णरूपमा रोक्छ ।

यदि यो प्वाल नभएको भए के हुन्छ ? यदि स्मार्टफोनमा यो माइक्रोफोन छैन भने तपाईंले कोलाहल वा भीडभाड भएको ठाउँमा कल गर्न सक्नुहुन्न । यदि तपाईंले त्यस्ता ठाउँहरूमा कल गर्नुभयो भने कलको अर्कोतर्फको व्यक्तिले तपाईंको आवाज सुन्दैन, होहल्ला मात्र सुन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here