भारतको राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा एभ्रिथिङ अबाउट वाटर एक्स्पो–२०२२ कार्यक्रममा इजरायलको एउटा कम्पनीले हावाको माध्यमबाट पानी बनाउने मेशिन प्रदर्शन गरेको थियो । यो मेशिनको पानी पिउन सकिन्छ । जेनी नामक मेशिनबाट एक दिनमा करीब तीस लिटर पानी बनाउन सकिन्छ । जेनी उत्पादन लन्च गर्ने कम्पनी वाटरगेन अनुसार उनीहरूको अन्य उत्पादनबाट एक दिनमा छ हजार लिटर पानी जेनेरेट गर्न सकिन्छ । कार्यालय, अस्पताल, विद्यालयमा यस प्रकारको मेशिन प्रयोग गर्न सकिन्छ ।

इजरायलमा तेल अवीव युनिभर्सिटीका प्राध्यापक तथा पानी विशेषज्ञ हदास मामानेका अनुसार इजरायल र भारत प्रविधिको क्ष्Fेत्रमा एकअर्कालाई सहयोग गरिरहेका छन् । दुवै देश मिलेर अन्य प्रविधिहरू विकसित गर्दैछन् । वाटर एक्स्पोमा इजरायलका आठवटा पानी उद्योग सहभागी थिए । हावाको माध्यमबाट पानी बनाउने मेशिनको मूल्य भारु अढाई लाख राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here