आलुको प्रयोग हरेक घरमा प्रत्येक दिन हुन्छ । थुप्रै प्रकारका तरकारीमा आलु मिसाइन्छ । बच्चालाई आलु निकै मन पर्छ । आलु खानाले थुप्रै फाइदा हुन्छन् तर के तपाईंलाई थाहा छ आलुभन्दा आलुको रस निकै फाइदाजनक हुन्छ । आलुको रसले हाम्रFे छालालाई निकै फाइदा पु¥याउँछ । एक गिलास आलुको रसमा भिटामिन ए, बी, सी, के, आयरन, क्याल्शियम, जिङ्क, एन्टिअक्सिडेन्ट, फास्फोरस, कपर, पोटाशियम आदि हुन्छन् ।
एउटा रिपोर्ट अनुसार आलुको जुस सबैको लागि स्वस्थकर हुँदैन तर यसलाई कम मात्रामा पिउन सकिन्छ । आलुको रस पानीमा मिसाएर पिउन सकिन्छ । तारेको वा उसिनेको आलुको तुलनामा काँचो आलुमा भिटामिन सी बढी हुन्छ । पकाएपछि आलुमा रहेको भिटामिन सी नष्ट हुन्छ । भिटामिन सी कार्डियोभैस्कुलर रोग, दृष्टि कमजोर र रुघाखोकीबाट बचाउँछ ।
भिटामिन बीका १३ वटा प्रकार हुन्छन् र यी सबै आलुमा पाइन्छन् । यसमा फोलेट (भिटामिन बी ९), भिटामिन बी ६ सबैभन्दा बढी हुन्छ । यी सबै हाम्रFे स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । भिटामिन बी ६ ले इन्सुलिनको निर्माण गर्छ । सङ्क्रमणसँग लड्छ । फोलेटले गर्भमा हुर्किरहेको शिशुको मेरुदण्ड, मस्तिष्कसम्बन्धी विकासलाई राम्रो बनाउँछ ।
शरीरको लागि जिङ्क जरुरी हुन्छ । आलुको रसको माध्यमबाट शरीरमा जिङ्कको कमी पूरा गर्न सकिन्छ । जिङ्क पर्याप्त मात्रामा शरीरमा नहुँदा प्रतिरक्ष्Fा प्रणाली सही ढङ्गले काम गर्दैन । आलुको रसमा एन्टि–इन्फ्लेमेटरी प्रभाव हुन्छ, जसले सुन्निएको, इन्फ्लेमेशन वा रेडनेस आदि समस्याको हल गर्छ । भनिन्छ, आलुको रस पिउनाले गठिया र अन्य जोर्नी र पिठ्यूँको दुखाइ निको हुन्छ ।
आलुको रसमा गैस्ट्रोइन्टेस्टाइनल प्रोटेस्टिभ प्रभाव हुन्छ । यसले अल्सरको उपचारमा मदत गर्छ । पेटको अल्सर बढ्नबाट रोक्न प्रतिदिन एक कप आलुको रस पिउनुपर्छ । यसले एक एन्टिब्याक्टेरियल प्रोबायोटिक पेयसरह काम गर्छ ।
आलुमा फाइबर, भिटामिन ए, बी–कम्प्लेक्स र सीजस्ता आवश्यक पोषक तŒव हुन्छन् । यी पोषकले तŒव शरीरमा कोलेस्ट्रोलको स्तर कम गर्न मदत गर्छन् । आलुको गुदाबाट निकालिएको रस पिउनाले सम्पूर्ण स्वास्थ्य र कोलेस्ट्रोलको स्तर व्यवस्थापन गर्न मदत गर्छ । आलुमा फाइबर हुन्छ, जसले कब्जको समस्या भगाउँछ । पाचनतन्त्रलाई सफा राख्छ । एक गिलास आलुको रस पिउँदा गैस्ट्रोइन्टेस्टिनल ट्रैक्ट सफा हुन्छ र कब्ज पनि टाढा हुन्छ । आलुको रसमा एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी गुण हुन्छ, जसले हृदयको धमनीमा हुने रोकावट, कार्डियाक अरेस्टबाट बचाउँछ । प्रतिदिन तीन/चार ठूलो चमचाको आलुको रसलाई एक गिलास पानीमा मिसाएर पिउनाले हृदयको स्वास्थ्य मजबूत हुन्छ ।
आलुको रसबाट हुने नोक्सानः जब हामी काँचो आलु खान्छौं भने लेक्टिन नामक एन्टिन्युट्रिएन्ट शरीरमा जान्छ । यो एउटा प्रोटीन हो, जुन कार्बोहाइडे«टसँग जुड्छ र हाम्रFे शरीरको पाचन एन्जाइमले यसलाई टुक्र्याउन सक्दैन । बढी मात्राको लेक्टिनले आन्द्रामा मौजुद स्वस्थ ब्याक्टेरियालाई नोक्सान पु¥याउन सक्छ र पोषक तŒव अवशोषण सम्बन्धित समस्यालाई जन्माउन सक्छ । यस लेक्टिनबाट छुटकारा पाउन वा यसको नोक्सानबाट बच्नको लागि आलुलाई राम्ररी पकाएर मात्र खानुपर्छ ।