कसैको आँखाको नानी कालो, कसैको खैरो,कसैको नीलो–हरियो देखेका छौं । आँखाको यो रङ्ग मान्छेको जिन्ससँग जोडिएको हुन्छ । जानकारका अनुसार आँखाको रङ्ग पुतलीमा मैलानिनको मात्राको हिसाबले तय हुन्छ । यसको साथै रङ्ग तय गर्नमा प्रोटिनको घनत्व र वरपर पैmलिएको उज्यालोको पनि असर हुन्छ । आँखाको रङ्ग नौवटा  भागमा वर्गीकरण गरिएको छ र १६ वटा जिन हुन्छ, जुन आँखाको रङ्गसँग जोडिएको हुन्छ ।

दुई प्रमुख जिन आँखाको रङ्गको लागि जिम्मेवार हुन्छन् ती हुन् ओसिए २ र एचईआरसी २ । दुवैको क्रोमोसोम १५ मा हुन्छ । एचइआरपिसी २ जिन ओसिए २ को एक्सप्रेशनलाई कन्ट्रोल गर्छ र नीलो आँखाको लागि एचईआरसी २ एउटा हदसम्म जिम्मेवार हुन्छ । त्यस्तै, ओसिए २ एउटा हदसम्म नीलो र हरियो आँखासँग जोडिएको हुन्छ ।

अधिकांश मान्छेको आँखा खैरो हुन्छ, किनभने यसलाई विकसित गर्ने जिन नै सबैभन्दा बढी मान्छेमा हुन्छ । भनिन्छ, संसारमा नीलो रङ्गको आँखा भएको मान्छे सबैभन्दा कम छन् ।

यो पनि भनिन्छ कि नीलो आँखा भएका मान्छेको पूर्वज एकै हुन्छन् । करीब ६ देखि १० हजार वर्ष पहिले एक बदलाव मान्छेको जिनमा भएको थियो, जसको कारण मान्छेको आँखाको रङ्ग नीलो हुन थाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here