मङ्कीपक्सका प्रारम्भिक लक्षणहरू रुघा, खोकी, शरीर दुख्ने, जोर्नी दुख्ने, ज्वरो आउने हुन् । त्यसपछि मङ्कीपक्स भाइरस छालामा देखा पर्छ । छालामा ठूला–साना फोका आउँछन्, त्यसमा पीप जम्छ, त्यसपछि फुट्छ, छालामा यसको दाग प्रस्ट देखिन्छ ।
मङ्कीपक्स विश्वमा अफ्रिकाबाट सुरुआत भएको हो । हाल मङ्कीपक्स दुई प्रकारका छन् । पहिलो, दक्षिण अफ्रिकी भेरियन्ट र दोस्रो, पश्चिम अफ्रिकी भेरियन्ट । मध्य अफ्रिकी भेरियन्ट स्ट्रेन पश्चिमी अफ्रिकी भेरियन्ट स्ट्रेनभन्दा बढी खतरनाक छ । हाल विश्वमा फैलिरहेको पश्चिमी अफ्रिकी भेरियन्ट हो, जसका लक्षणहरू हल्का हुन्छन् र मध्य अफ्रिकी भेरियन्ट स्ट्रेनभन्दा कम घातक हुन्छ ।
भारतमा मात्र तीनजना मङ्कीपक्सका बिरामी भेटिएका छन्, त्यसैले यो घातक हो कि होइन भन्न गा¥हो छ । तर समयमैं उपचार आवश्यक छ, अन्यथा भारतमा पनि मङ्कीपक्सका बिरामीको सङ्ख्या बढ्नेछ । मङ्कीपक्स पनि कोरोना जस्तै रूघाखोकीका छिटाबाट फैलिन्छ । यससँगै मङ्कीपक्सबाट पीडित बिरामीको छालामा फोकाहरू देखा पर्छन्, ती थोकाहरूबाट निस्कने पीपबाट पनि मङ्कीपक्स छिटो फैलिन्छ ।
मङ्कीपक्सका बिरामीलाई पूर्ण निको हुन चार हप्तासम्म आइसोलेशनमा राख्नुपर्छ । साथै, यदि रोग बढ्यो भने, ज्वरो मस्तिष्कसम्म पुग्छ । निमोनिया पनि हुने सम्भावना बढी हुन्छ । मास्क लगाउने, दूरी कायम गर्ने, जनावरलाई सफा राख्ने, लक्षण देखिएपछि समयमैं उपचार गर्नु जरुरी छ । मङ्कीपक्स भाइरस विदेशबाट भारतसम्म आइसकेको छ, त्यसैले अहिले विदेश यात्रा जोखिमपूर्ण हुन सक्छ । मङ्कीपक्सको लागि कुनै छुट्टै औषधि वा खोप छैन, त्यसैले मङ्कीपक्सलाई फ्लू स्मलपक्सको औषधिले मात्र उपचार गरिन्छ । तसर्थ, मङ्कीपक्सबाट बच्नको लागि बिरामी हुँदा तत्काल उपचार गर्नु नै उत्तम उपचार हो ।