साउन महीना शुरू भएपछि शिवभक्तहरू काँवर लिएर विभिन्न धाम जाने गर्छन् । भारतको हरिद्वारमा काँवरयात्रामा एकसे एक काँवरिया देख्न पाइन्छ । सोमवार राति हरकी पैडीमा दिल्लीबाट आएका युवा काँवरियाले काँवरलाई सवा लाख भारु नोटले सजाएका थिए । नोट लगाइएको काँवर हेर्नेहरूको भीड लागेको थियो । सवा लाख भारु नोटले सजिएको काँवर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काँवरमा भारु सय र २० को नोट लगाइएको थियो ।

यसका साथै अन्य काँवरियाहरूले आफ्नो काँवरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युपीका मुख्यमन्त्री योगी आदित्यनाथको मानिस बराबरको फोटो लगाएका थिए भने कसैकसैले शिवपार्वतीको विशालकाय मूर्ति पनि लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here