शुतुरमुर्ग (अस्ट्रिच) निकै समझदार जनावरको श्रेणीमा राखिंदैन किनभने यसको दिमाग ओखर (अखरोट)को आकारको हुन्छ तर जब यौन सम्बन्धको कुरा आउँछ, तब त्यो बेवकूफ हुँदैन । कैयौंपटक शुतुरमुर्ग आफ्नो सामान्य यौन प्रक्रिया छाडेर मान्छेसँग सम्बन्ध बनाउने प्रयास गर्छ, जसले यसको निर्धारित जैविक प्रक्रियाको अवधारणालाई तोड्छ ।

सन् १९९० को दशकमा अस्ट्रिज पालन गर्ने किसानहरूले यस कुरामा ध्यान दिएका थिए कि मान्छेको वरपर जब यो पक्षी हुन्छ तब यसको यौन प्रक्रियासम्बन्धी व्यवहार बदलिन्छ । मान्छेको अगाडि उसले आफ्ना पखेटा हल्लाउँछ, उठ–बैठ गर्छ । आफ्नो घाँटी उच्च पारेर यौन नृत्य प्रदर्शित गर्छ । भन्नुको तात्पर्य जब किसान यी शुतुरमुर्गको वरपर रहन्छ तब यसले आफ्नो यौनसम्बन्धको प्रक्रियालाई बढाउँछ ।

यसबारे वैज्ञानिकहरूले अध्ययन शुरू गरे । वैज्ञानिकले इङ्गल्यान्डको दुई शुतुरमुर्ग फार्ममा निगरानी राख्न शुरू गरे । एउटा फार्मलाई नजीकबाट र अर्को फार्मलाई टाढाबाट निगरानी गरेर अध्ययन गरेका थिए । अध्ययनको परिणाम ब्रिटिश पोल्ट्री साइन्स जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनमा लेखिएको छ–नजीकबाट गरिएको निगरानीले यो कुरा खुलासा भएको छ कि पोथी शुतुरमुर्ग यौन सम्बन्ध बनाउनको लागि बढी प्रार्थना गरेको देखियो । जबकि टाढाबाट गरिएको अध्ययनमा यो प्रक्रिया कम देखियो । अध्ययन दुई वर्षसम्म चल्यो । दुवै वर्ष पोथी शुतुरमुर्गको गतिविधि यस्तै रह्यो । मान्छेलाई नजीक देखेपछि पोथी शुतुरमुर्गले यौन सम्बन्ध बनाउनको लागि बढी आग्रह गरेको देखिन्थे । जब मान्छे हुन्थेन तब उसले यस्तो कार्य गर्दैनथ्यो ।

यद्यपि केही पोथी शुतुरमुर्गले मान्छेलाई देखेर कुनै प्रतिक्रिया देखाएन । तर बढीजसोले आग्रह गरेका थिए । एउटा फार्ममा ६८ प्रतिशत शुतुरमुर्गले मान्छेलाई देख्नेबित्तिकै यौन इच्छा प्रबल भएको प्रदर्शन गरेका थिए । उनीहरू आफ्नो इच्छा पूरा गर्न मान्छेको अगाडि आउने प्रयास गर्छन् । विशेषगरी वयस्कहरू ।

तर दक्षिण अफ्रिकामा मान्छेको उपस्थितिमा शुतुरमुर्गले सम्बन्ध बनाउने गर्छन् । यो एउटा प्रचलित परम्प्रा हो अफ्रिकाको, जहाँ मान्छेको उपस्थितिमा शुतुरमुर्गको प्रजनन गराइन्छ ।

अध्ययनमा भाले शुतुरमुर्ग जब मान्छेलाई आफ्नो यौन इच्छा प्रदर्शन गर्छ तब पोथीले उसको यौन नृत्य स्विकार्दैन । त्यस्तै पोथी शुतुरमुर्ग मान्छेलाई हेर्नेबित्तिकै यौन सम्बन्धको लागि आग्रह गर्ने तरीकालाई देखेर भाले शुतुरमुर्ग मौकाको प्रतीक्षामा रहन्छ र सम्बन्ध बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here