अन्डमान निकोबार द्वीपमा बस्ने जारवा जनजातिमा अनौठो नियम छ । यहाँ गोरो रङ्गको बच्चा जन्मेपछि त्यसलाई मार्ने गरिन्छ । किनभने उनीहरू आफ्नो बच्चा कालो वर्णको नै चाहन्छन् । यस स्थानमा महिलामाथि दबाब दिइन्छ कि कालो बच्चा नै जन्मिनुपर्छ ।

यसको पछाडि एउटा ठूलो कारण बताइन्छ । यदि यहाँ गोरो वर्णको बच्चा जन्मिन्छ भने त्यसलाई आफ्नो समुदायको नभनेर अर्कै समुदायको मान्छन् । जारवा जनजातिका मान्छेले हजारौं वर्षदेखि यो परम्परा निर्वाह गर्दै आइरहेका छन् । यसैले यस समुदायमा गोरो बच्चा जन्मिनेबित्तिकै त्यसलाई तुरून्तै मार्ने गर्छन् ।

यस जनजातिमा कालो बच्चा जन्माउन विभिन्न जतन पनि गरिन्छ, जसमा जनावरको रगत पिउनु पनि पर्छ । गर्भवती महिलाले जनावरको रगत पिएका छन् भने कालो बच्चा जन्मिन्छ । यसैकारण यहाँ गर्भवती महिलालाई रगत खुवाइन्छ । यस जनजातिका सबै महिलाले बच्चालाई स्तनपान गराउन पाउँछन् किनभने यसबाट समुदायको शुद्धता र पवित्रता रहन्छ भन्ने उनीहरूको मान्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here