रूख–बिरुवा प्राणी जीवनको आधार हो । रूखले व्यक्तिलाई लाभ मात्र पु¥याउँछ । केही रूख व्यक्तिको जीवनमा विशिष्ट महŒव राख्छ, यसैमध्ये एउटा हो कदम्बको रूख ।

कदम्बको रूखलाई देववृक्ष पनि भनिन्छ । कदम्बको रूख भगवान् श्रीकृष्णलाई निकै प्यारो थियो । यो यस्तो वृक्ष हो, जुन औषधीय गुणले युक्त छ र यसको प्रयोग विभिन्न प्रकारको स्वास्थ्य समस्यालाई हल गर्न सकिन्छ । यहाँसम्म कि आयुर्वेदमा पनि यसको प्रयोग औषधिको रूपमा गरिन्छ ।

दुखाइमा आरामः कदम्बको रूखको प्रयोग कुनै पनि दुखाइ अथवा सुन्निएको छ भने आयुर्वेदिक ओषधिको रूपमा गर्न सकिन्छ । यसको पात र बोक्रामा एनाल्जेसिक र एन्टि–इन्फ्लमेट्री गुण हुन्छ जसले दुखाइलाई शान्त गर्छ ।

छाला रोग उपचारको लागि यसको प्रयोग गर्न सकिन्छ । यस रूखको अर्कको उपयोग गरेर एउटा पेस्ट बनाउनुपर्छ जसले रोगाणुरोधी एजेन्टको रूपमा काम गर्छ । धेरै अध्ययनले यो पनि बताएको छ कि बिरुवाको अर्क थुप्रै ब्याक्टेरिया जस्तै स्टैफिलोकोकस ओरियस र कवकजस्ता कैन्डिडा अल्बिकन्स, ट्राइकोफाइटन रूब्रम र अन्य थुप्रै एस्परगिलस प्रजातिसँग लड्न सक्छ ।

कलेजोको सुरक्षा: कदम्बको रूख कलेजो रोगको लागि निकै राम्रो मानिन्छ । कदम्बको रूखमा क्लोरोजेनिक एसिड हुन्छ जुन एन्टि–हेपेटोटक्सिक प्रकृतिको हुन्छ । मुसामाथि गरिएको थुप्रै अध्ययनले साबित गरेको छ कि कदम्बको रूखको अर्क कलेजोको स्वास्थ्य सुधारको लागि निकै फाइदाजनक हुन्छ ।

ब्लड सुगर नियन्त्रणः यो रूखको जरा र बोक्रामा ब्लड सुगरविरोधी तŒव पाइन्छ । यसको पातमा मेथनोलिक हुन्छ, जसले बढेको रक्त शर्कराको स्तरलाई कम गर्छ । मधुमेहबाट पीडितहरूले यसको फल, फूल र जराको सेवन गर्दा लाभ पुग्छ ।

क्यान्सरविरुद्ध कारगरः कदम्बले एक प्रकारको एन्टिट्युमर एक्टिभिटी उत्पन्न गर्छ जसको उपयोग प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र एसोपैगल क्यान्सरसहित थुप्रै प्रकारको क्यान्सर प्रबन्धनमा गरिन्छ । साथै यसको कोशिकाको विकासलाई सीमित गरेर त्यसको प्रसारलाई रोकेर रोगको उपचारमा मदत गर्छ । बिरुवामा कैयौं बायोएक्टिभ यौगिक हुन्छ, जुन किमोथेराप्युटिक एजेन्टहरूको समान कार्य गर्छ ।

पाचन प्रक्रिया दुरूस्तः कदम्बको रूख पाचनतन्त्रको लागि कुनै वरदानभन्दा कम छैन । पेटसम्बन्धी कुनै पनि समस्या जस्तै लुज मोशन, पेटमा ऐंठन र बान्ता लाग्छ भने त्यसमा यसले लाभ पु¥याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here