स्वस्थ जीवनको लागि मान्छेले प्रकृतिको नियम पालन गर्नुपर्छ । हामी सबैलाई थाहा छ जीवननमा आहार र निद्राजस्ता कर्मको पालना गर्नुपर्छ । निद्रालाई जीवनको सबैभन्दा ठूलो र राम्रो पोषक मानिन्छ । यसैले राम्रो र पर्याप्त निद्रा स्वस्थ जीवनको रहस्य हो । मान्छेलाई पर्याप्त निद्रा आवश्यक पर्छ तर ससाना बच्चाको लागि राम्रो निद्रा सुनिश्चित गर्न सबैभन्दा बढी जरूरी हुन्छ । सही प्रकारले निद्रF नआउँदा बच्चाको विकास र स्वास्थ्यमाथि नकारात्मक प्रभाव पर्छ र उनीहरूले स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्छ । निद्रा नआएपछि बच्चाको स्वभाव चिडचिडा हुन्छ । पर्याप्त र राम्रो निद्राबाट बच्चा दिनभरि ऊर्जावान् रहन्छ र उसको एकाग्रता, सिक्ने क्षमता र स्मरणशक्ति पनि बढ्छ । यसबाट बच्चाको मानसिक र शारीरिक विकास राम्रो हुन्छ ।
बच्चालाई कति घण्टा निद्रा चाहिन्छ ? विशेषज्ञ अनुसार मान्छेको सुत्ने अवधि अलग–अलग हुन्छ, जुन उनीहरूको उमेरमाथि निर्भर गर्छ । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स अनुसार जुन बच्चाको उमेर १ वर्ष वा सोभन्दा कम छ, उसले हरेक दिन कमसेकम १२ देखि १६ घण्टासम्म सुत्नुपर्छ । यस उमेरमा बच्चालाई पर्याप्त निद्रा उसको विकासको लागि जरूरी हुन्छ । जुन बच्चाको उमेर १ देखि २ वर्षसम्म हुन्छ, उसलाई लगभग ११ देखि १४ घण्टाको निद्रा पर्याप्त मानिन्छ । त्यस्तै तीनदेखि पाँच वर्ष उमेरका बच्चाहरूको लागि खेलकूदको साथसाथै लगभग दशदेखि १३ घण्टाको निद्रा चाहिन्छ ।
छदेखि १२ वर्ष उमेरका बच्चाहरू कैयौं प्रकारका मानसिक र शारीरिक कार्यमा निकै व्यस्त रहन्छन् । यसैले उनीहरूले हरेक दिन नौं देखि १२ घण्टा सुत्नुपर्छ । १३ देखि १८ वर्ष उमेरका बच्चा जब किशोरावस्थामा पुग्छन् उनीहरूलाई आठदेखि दश घण्टासम्मको निद्रF आवश्यक पर्छ ।