इलेक्ट्रोनिक कारलाई हामी जति वातावरणमैत्री बुझ्छौं त्यति छैन । सोसाइटी अफ रेयर अर्थ अनुसार एउटा विद्युतीय कार बनाउन प्रयोग हुने ५७ किलो कच्चा पदार्थ (८ किलो लिथियम, ३५ किलो निकिल, १४ किलो कोबाल्ट) जमीनबाट निकाल्नमा चार हजार २७५ किलो एसिड फोहर र ५७ किलो रेडियोएक्टिभ अवशेष उत्पन्न हुन्छ भने नौ टन कार्बन निस्किन्छ । जबकि पेट्रोलमा यो ५.६ टन मात्र हुन्छ ।
इलेक्ट्रोल भेहिकल (इभी)मा १३ हजार ५०० लिटर पानी लाग्छ भने पेट्रोल कारमा पानी चार हजार लिटर लाग्छ । रिकार्डो कन्सल्टेन्सी अनुसार यदि इभीलाई कोइलाबाट बनेको बिजुलीबाट चार्ज गर्छौं भने डेढ लाख किलोमिटर गुडेपछि पेट्रोल कारको तुलनामा २० प्रतिशत मात्र कम कार्बन निकाल्छ । भारतमा ७० प्रतिशत बिजुली कोइलाबाट बनिरहेको छ भने अस्टे«लियामा भएको शोधले भन्छ– ३३ सय टन लिथियम फोहरमध्ये दुई प्रतिशत मात्र रिसाइकल हुन सक्छ, ९८ प्रतिशतले प्रदूषण पैmलाउँछ ।
एरिजोना विश्वविद्यालयको इकोलोजी विभागका एमिरेट्स प्राध्यापक गाई मैक्फर्सन भन्छन्, लिथियम दुनियाँको सबैभन्दा हलुका धातु हो । यसले सजिलै इलेक्ट्रोन छोड्दैन । यसै कारण इभीको ब्याट्रीमा सबैभन्दा बढी प्रयोग हुन्छ । ग्रीन फ्युल भनिने लिथियमको महिमामण्डन भइरहेको छ तर यसलाई जमीनबाट निकाल्दा पर्यावरण तीन गुना बढी विषाक्त हुन्छ । लिथियमको ९८.३ प्रतिशत ब्याट्री प्रयोगपछि खाल्डो खनेर पुरिन्छ । पानीको सम्पर्कमा आएपछि यसमा रिएक्शन हुन्छ र आगो लाग्छ ।
उनले भने, अमेरिकाको पैशिफिक नर्थवेस्टको एउटा खाल्डोमा जून २०१७ देखि डिसेम्बर २०२० सम्म यी ब्याट्रीबाट आगो लागेको १२४ वटा घटना भएको थियो । यतिमात्र होइन, जर्मनीमा आइएफओ थिङ्क ट्याङ्कद्वारा गरिएको शोध अनुसार मर्सिडिज सी२२०डी सेडानले प्रतिकिलोमिटर १४१ ग्राम कार्बन छोड्छ, जबकि टेस्ला मोडेल ३ को कार्बन उत्सर्जन १८१ ग्राम छ । संसारभरिका दुई सय करोड कारलाई इभीमा परिणत गर्दा असीमित एसिड फोहर निस्किन्छ, जसलाई विसर्जन गर्ने कुनै साधन छैन ।
एमआइटी इनर्जी एनिसिएटिभका शोधकर्ता अनुसार दुनियाँमा करीब दुई सय करोड वाहन छन् । यसमा एक करोड मात्र विद्युतीय छन् । यदि सबैलाई इलेक्ट्रिक भेहिकलमा परिणत गरेपछि, त्यसलाई बनाउन जुन एसिड फोहर निस्किन्छ, त्यसलाई निस्तारण गर्न पर्याप्त साधन छैन । यस्तोमा सार्वजनिक यातायात बढाएर र निजी कारलाई घटाएर मात्र ग्रीन हाउस ग्याँस उत्सर्जन कम गर्न सकिन्छ ।
पेट्रोल कारभन्दा इभी कार किन राम्रो ? पेट्रोल कारले प्रतिकिलोमिटर १२५ ग्राम र कोइलाबाट तयार बिजुलीबाट चार्ज हुने इलेक्ट्रिक कारले प्रतिकिलोमिटर ९१ ग्राम कार्बन छोड्छ । इन्टरनेशनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेशन अनुसार युरोपमा इभीले ६९ प्रतिशत कम कार्बन उत्सर्जन गर्छ, किनभने यहाँ ६० प्रतिशतसम्म बिजुली अक्षय ऊर्जाबाट बन्छ ।
भारत सरकारले सन् २०३० सम्म ७० प्रतिशत कर्मशियल कार, ३० प्रतिशत निजी कार, ५० प्रतिशत दुई पाङ्ग्रे र ८० प्रतिशत तीन पाङ्ग्रे वाहनलाई इलेक्ट्रिक गर्ने लक्ष्य राखेको छ । सन् २०३० सम्म ४४.७ प्रतिशत बिजुली अक्षय ऊर्जाबाट बनाइने भएको र अहिलेसम्म २१.२६ मात्र अक्षय ऊर्जा छ ।