गर्मीमा छाला र डिहाइडे«शनको समस्या हुन्छ भने वर्षायाममा सङ्क्रमण फैलिने खतरा रहन्छ। यस मौसममा ब्याक्टेरिया चाँडै हुर्किन्छ, जसले गर्दा विभिन्न सङ्क्रमण हुने गर्छन्। विज्ञका अनुसार मनसुनमा नमी भएको कारण फङ्गल इन्फेक्शन बढीजसो कानमा हुन्छ। कानमा जम्ने नमीले गर्दा सङ्क्रमण फैलिन्छ। ब्याक्टेरिया वा फङ्गल हुर्किनको लागि यो सबैभन्दा राम्रो ठाउँ हो। कानमा सङ्क्रमण भएपछि कान दुख्ने र सुन्ने क्षमता पनि हराउन सक्छ।

वर्षामा भिज्नुः वर्षायाममा भिज्नु नराम्रो होइन तर वर्षाको पानीमा हुने ब्याक्टेरियाले कानमा हुने नमीको कारण चाँडै सङ्क्रमण फैलाउँछ। कानमा नमी भएपछि स्टे«प्टोकोकस न्युमोनिया वा हिमोफिलस इन्फ्लुएन्जा हुन सक्छ। यस स्थितिमा युटेशिय ट्युब ब्लक हुन थाल्छ र कानमा द्रवको निर्माण हुन थाल्छ। वर्षामा यो द्रव नमीसँग मिलेर इन्फेक्शनलाई जन्म दिन्छ।

साबुन–पानीः वर्षामा नुहाउने समय साबुनको पानी कानमा पुगेपछि सङ्क्रमणको खतरा बढ्छ। साबुनको सम्पर्कमा आएर पनि ब्याक्टेरियाले सङ्क्रमण फैलाउन सक्छ।

चीसो वस्तुः गर्मीमा राहत दिने चीसो पेय पदार्थ वा खानेकुरा खाएपछि पनि सङ्क्रमण हुन सक्छ। चीसो खानेकुराले ग्रन्थीलाई नोक्सान पु–याउँछ र सङ्क्रमणको खतरा बढाउँछ।

लक्षणः यदि तपाईंको कानमा सङ्क्रमण छ भने त्यति बेला द्रव बाहिर आउँछ। साथै कान दुख्ने, टाउको दुख्ने पनि गर्छ। त्यसपछि निद्रा नलाग्ने समस्या हुन्छ। कानमा सङ्क्रमण भएपछि तुरुन्तै चिकित्सकलाई देखाएर औषधि सेवन गर्नुपर्छ। वर्षाको बेला घरबाट बाहिर निस्कने समयमा कानमा कपास वा सुर्तीको कपडाले ढाकेर राख्दा कानमा नमी बन्दैन।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here