व्यस्त दिनचर्याको कारण हाम्रो खानपान सही हुँदैन, जसले गर्दा शरीरमा भिटामिन र मिनरलको कमी हुन्छ। कतिपयले मल्टिभिटामिन क्याप्सुल सोचबुझ गरेर खाँदैनन्। शरीरमा पोषक तत्वको कमी भएपछि शरीरले सङ्केत दिन थाल्छ। शरीरमा भिटामिनको कमी चाँडै पूर्ति गरिएन भने यसले ठूलो रोग जन्माउन सक्छ। तसर्थ शरीरमा पोषक तत्वको कमी भएपछि शरीरले यस्ता सङ्केत दिन थाल्छ।

बस्ने बेला घुँडाबाट कट–कट आवाज आउनेः बस्ने बेलामा यदि तपाईंको घुँडाबाट कुनै प्रकारको कर्कश आवाज आउँछ भने शरीरमा क्याल्शियमको कमी हुन्छ। यस्तोमा अर्थराइटिसको समस्या पनि हुन सक्छ। क्याल्शियमको कमी भएपछि क्याल्शियम ट्याबलेट सप्लिमेन्ट सेवन गर्नुहुँदैन। बरु प्राकृतिक भोजनबाट क्याल्शियमको पूर्ति गर्नुपर्छ। यसको लागि दूध, दूधबाट बनेका परिकार खानुपर्छ। त्यसैगरी, बिहान खाली पेट एक चिम्टी चुनालाई दहीमा मिसाएर खान सकिन्छ।

गिजाबाट रगतः ब्रश गर्ने बेलामा वा अन्य कुनै कारणले गिजाबाट रगत आउँछ भने शरीरमा भिटामिन सीको कमी हुन्छ। भिटामिन सीको कमी पूरा गर्ने सबैभन्दा राम्रो अमला हो। साथै कागती, सुन्तला, अम्बा, भेडे खुर्सानी पनि खान सकिन्छ।

नङ कमजोर हुने र छाला उप्किनेः नङ सजिलै टुट्छ अथवा नड्ढो वरपरको छाला उप्किने गर्छ, कपाल रूखो भएको छ वा झर्न थालेको छ भने शरीरमा बायोटिनको कमी हुन्छ। बायोटिन एक विशेष प्रकारको भिटामिन हो। यस भिटामिनको भूमिका निकै महत्वपूर्ण हुन्छ। यसले हाम्रो शरीरमा खानेकुरालाई ऊर्जामा परिणत गर्ने काम गर्छ। तसर्थ यसको कमी पूरा गर्ने सबैभन्दा राम्रो उपाय दहीको सेवन हो। प्रतिदिन आहारमा दही सामेल गरौं। दही एउटा स्वस्थ प्रोबायोटिक हो, जुन आन्द्राको लागि अनुकूल ब्याक्टेरिया पनि हो र पाचनतन्त्रलाई राम्रो बनाउँछ।

नङ सेतो हुनुः नङमा सेतो दाग देखिन्छ भने यसले गम्भीर रोगलाई निमन्त्रण दिन सक्छ। जिङ्क जस्तो मिनरलको कमीको कारण नङमा सेतो दाग देखिन्छ। पोषक तत्वको कमीको कारण धेरै रोग लाग्छ। जसले केक, पेस्ट्री वा मैदाबाट बनेका मिठाइ खान्छन्, उनीहरूको शरीरमा मिनरलको कमी हुन्छ। तर आहारमा ड्राई प्रूmट, स्प्राउट र दाल सामेल गर्नुपर्छ।

अनुहार पहेंलो, ओठको रङ्ग फिक्का हुनुः यदि तपाईंको अनुहार पहेंलो हुँदैछ, अनुहार ओइलाएको जस्तो छ भने यो एनिमियाको लक्षण हो। यसको मतलब शरीरमा हिमोग्लोबिनको स्तर सामान्यभन्दा कम छ तथा शरीरमा आयरनको कमी छ। यदि हिमोग्लोबिनको स्तर कम भएको छ भने चुकन्दर, अनार, मकै र स्याउ खानुपर्छ। आफ्नो आहारलाई सुधारेर अनुहारमा सदैव मुस्कान राख्नुपर्छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here