गर्मी मौसममा दही खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्वादिलो मात्र होइन, यसमा भिटामिन, क्याल्सियम र प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ । यी सबै मिलेर शरीरलाई स्वस्थ राख्नका लागि काम गर्छन् । नियमित दही खाँदा पाचन प्रणाली राम्रो रहन्छ ।

दही कपाल र छालाको लागि पनि प्रयोग गरिन्छ । विभिन्न स्वादिलो परिकारमा बनाइएका ग्रेभीको स्वाद र रङ्ग बढाउन पनि दहीको प्रयोग गरिन्छ । के तपाईंलाई थाहा छ, दही खानु स्वास्थ्यका लागि राम्रो त हुन्छ तर गलत चीजसँग दही खानुका बेफाइदा पनि छन् । धेरै कुरा यस्ता छन्, जुन दहीसँग खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्छ । के के हुन् त ती चीजहरू, जानौं ।

प्याज र दही

गर्मी मौसममा हाम्रा बूढापाकाहरूले प्याज खाने सल्लाह दिन्छन् । गर्मीमा प्याज खाँदा लूबाट बच्न सकिन्छ । त्यस्तै, कतिपयले प्याज र दही सँगै खाने गर्छन् । यदि तपाईं पनि ती व्यक्तिहरूमध्ये एक हुनुहुन्छ भने, तपाईंले यो बानी तुरुन्तै बदल्नुपर्छ । वास्तवमा दहीले शरीरलाई शीतल बनाउँछ र प्याजको प्रभाव तातो हुन्छ । यस्तो अवस्थामा प्याज र दही एकसाथ खाँदा यसले हाम्रो शरीरलाई हानि पु¥याउँछ ।

दही र माछा

भनिन्छ, माछा खाँदा आँखासम्बन्धी समस्या हट्छ । यदि कुनै व्यक्तिले दहीसँग माछा खान्छ भने त्यो उसको लागि हानिकारक हुन सक्छ । दही र माछा एकसाथ खानुहुँदैन । यदि तपाईं माछा खाँदै हुनुहुन्छ भने त्यो समयमा दही खान भुल्नुहोला । दही र माछा सँगै खाँदा पेटसँग सम्बन्धित धेरै समस्या हुन सक्छन् ।

दही र आँप

आँप गर्मी मौसममा पाइने मौसमी फल हो । दहीसँग आँप कहिल्यै खानुहुँदैन । किनभने आँप र दही दुवैको स्वाद फरक हुन्छ । जसका कारण यसले अपच र पेटसँग सम्बन्धित रोगहरू निम्त्याउन सक्छ । दही र आँप सँगै खाँदा छालासम्बन्धी रोग पनि लाग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here