बजारशास्त्रमा वस्तु जीवन–चक्रको महŒव

0
  • विश्वराज अधिकारी

जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ । मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं वस्तुको जीवन चक्रमा पनि परिचय, विकास, उत्कर्ष र अन्त्य गरी चार अवस्था पाइन्छ ।

मानिस र वस्तुको जीवन चक्रमा एउटा मात्र के महŒवपूर्ण भिन्नता वा विशेषता छ भने वस्तुको जीवन चक्रमा वस्तुहरूको आयु अत्यधिक लामो हुन्छ र साथै केही वस्तुहरूले अमरत्व प्राप्त गरेको हुन्छ । जस्तै थाल, गिलास, कचौरा, खाट, तकिया आदि । यी ती वस्तु हुन् जुन निर्माण गर्दा प्रयोग हुने कच्चा पदार्थ फरक–फरक हुन सक्छ तर यी वस्तु मानव सभ्यता रहेसम्म बाँचिरहन्छन्, मर्दैनन् । हिंजो अस्ति माटाका गिलास हुन्थे, आजभोलि शीशा र प्लास्टिकका गिलास प्रयोगमा रहेको पाइन्छ । तर केही यस्ता वस्तु छन् जुन समयको कुनै कालखण्डमा थिए तर अहिले छैनन् । ती वस्तुहरू परिचय, विकास, उत्कर्ष अवस्थामा पुगेर बजारबाट लुप्त (अन्त्य) भएका छन् । जस्तै हातले चलाउने टाइपराइटर, फलाम वा रबरका अक्षरहरू प्रयोग गरेर छाप्ने प्रेस व्यवस्था, मसी हालेर प्रयोग गरिने कलम, दम दिएर चल्ने घडी, रिल प्रयोग गरेर फोटो खिच्ने क्यामरा आदि यस्ता वस्तु हुन् जो आफ्नो जीवनको उत्कर्ष कालमा पुगेर बजारबाट सदाका लागि बिदा भएका छन् । मृत्युवरण गरेका छन् ।

यस आलेखमा वस्तुको जीवन–चक्रको चर्चा विशेष किसिमले किन गर्न खोजिएको छ भने वस्तुको जीवन चक्र र नयाँ वस्तुको विकाससँग रोजगार एवं गरीबीको सम्बन्ध छ । वस्तुको जीवन चक्रले गर्दा वा मृत अवस्थामा पुगेको वस्तुको ठाउँमा अर्को नयाँ वस्तु विकास गरिने र गर्नुपर्ने भएकोले बजारमा निरन्तर नयाँनयाँ वस्तुको विकास भइरहेको हुन्छ । विकास भएका नयाँनयाँ वस्तुहरूको माग बढ्ने एकातिर छ भने ती वस्तुहरू उत्पादन गर्दा मानिसले रोजगार पाउने अर्कोतिर भएकोले नयाँ वस्तुको विकासले रोजगारसँग गहिरो सम्बन्ध राख्दछ । अर्कोतिर रोजगारको प्रत्यक्ष सम्बन्ध गरीबीसँग हुने गर्दछ । नयाँ वस्तुको विकासले हुनेखाने (राम्रो खर्च योग्य आम्दानी हुने) हरूको पैसा गरीबहरूको हातमा पु¥याउने गर्दछ । तुलनात्मकरूपमा हुनेखानेहरूले नयाँ वस्तुमा बढी खर्च गर्छन् । उदाहरणको रूपमा नेपालको सन्दर्भमा कुरा गर्ने हो भने नयाँ वस्तु (स्मार्टफोन) को अधिक माग छ । आम्दानी राम्रो हुनेले स्मार्ट फोनमा निकै धेरै पैसा खर्च गरेको पाइन्छ । नेपालमा स्मार्ट फोनको उत्पादन नहुने अर्को पाटो हो । जबकि नेपालमा स्मार्ट फोनका पूर्जाहरू चीनबाट आयात गरेर पनि उत्पादन गरेर, रोजगारका अनेक अवसर सृजना गर्न सकिन्छ ।

सर्वाधिक नयाँ तथा भएकै वस्तुमा थप विशेषता समावेश गरेर नयाँ पार्ने कार्य दुई किसिमबाट गरिएको पाइन्छ ।

ग्राहकको आवश्यकता र चाहना ज्ञात गरेर सो अनुरूप नयाँ वस्तुको विकास गरिन्छ । यो पहिलो किसिमको नयाँ वस्तु विकास गर्ने तरीका हो । यस तरीका अन्तर्गत उपभोक्ताको आवश्यकतालाई वस्तुमा परिवर्तन गर्ने कार्य गरिन्छ । र यो कार्य निरन्तर चलिरहन्छ । विकसित वा धनी बजारहरू (अमेरिका, युरोप आदि) मा उपभोक्ताहरूको आवश्यकता वस्तुमा रूपान्तरित हुन लामो समय लाग्दैन । छिटै हुन्छ । उदाहरणको लागि उपभोक्ताहरूले मोबाइल फोन वा सेलफोनको कभरको आवश्यकता अनुभव गरे, उत्पादकहरूले तत्काल उत्पादन गरेर बजारमा ल्याए । उपभोक्ताहरूको आवश्यकता शीघ्र वस्तुमा परिवर्तन भयो । नयाँ आवश्यकताले नयाँ वस्तुको आकार पायो ।

उपभोक्ताहरूले आवश्यकता अनुभव नगरेको वा बजारमा माग नभएको वस्तुको पनि विकास गरिन्छ । यस्तो किसिमको तरीकालाई वस्तु विकासको दोस्रो तरीका भन्ने गरिन्छ । यो मुख्यगरी, उद्देश्यसहित, व्यापारीहरूले अधिक मुनाफा प्राप्त गर्नका लागि गर्दछन् । अर्थात् नयाँ किसिमको वस्तु उत्पादन गरेर छोटो समयामा बढी मुनाफा प्राप्त गर्न व्यापारीहरूले दोस्रो किसिमले नयाँ वस्तुको विकास गर्छन् । स्मार्ट वाच, आइपैड, स्मार्ट टिभी, अलेक्सा एप आदि उपभोक्ताहरूले माग नगरेको तर व्यापारीहरूले आफ्नो मुनाफा वृद्धिका लागि विकास गरेका नयाँ वस्तु हुन् । यस किसिमबाट उत्पादन गरिएका वा यस्ता वस्तुहरू निरन्तर उपयोग गरेर उपभोक्ताहरू यस्ता वस्तुको अम्मली हुन पुग्छन् र कालान्तरमा ती वस्तुहरू आफ्नो लागि आवश्यक रहेको निर्णयमा पुग्छन् । अनि निरन्तर खरीद गर्छन् ।

वस्तु विकासको प्रसङ्गलाई यहाँ किन उल्लेख गर्न खोजिएको हो भने नेपालमा नयाँ वस्तुको विकास गर्ने परम्परा, तत्परता, वा सोच ज्यादै कम छ । नयाँनयाँ वस्तुहरूको विकास गरेर, बजारमा नयाँनयाँ रोजगार सृजना गरेर देशमा मौजुदा बेरोजगारी कम पार्न त सकिन्छ नै साथै गरीबी पनि कम पार्न सकिन्छ । र यो कार्य गरेर धनीहरूको हातमा रहेको पैसा गरीबहरूको हातमा पु¥याउन सकिन्छ ।

हामी अहिले पनि परम्परागत बजार व्यवस्थापन अवधारणा लिएर बसेका छौं । बजार व्यवस्थापनमा, उपभोक्ताहरूको मनोविज्ञानमा, आफ्नो नयाँ सोच प्रयोग गर्न उत्साहित हुँदैनौं । विकसित वा धनी देशहरूले विकास गरिदिएका वस्तु बिक्री गर्नमैं व्यस्त छौं । आफैं सर्वाधिक नयाँ किसिमका वस्तु उत्पादन गर्न तत्पर हुँदैनौ । र थप मुनाफा गर्न अक्षम बन्छौं ।

हामी पूर्णतया भारत र चीनमा उत्पादित वस्तुहरूमा आश्रित छौं । नयाँ नयाँ वस्तुहरू पनि प्रायः हामीले चीन र भारतबाट नै प्राप्त गर्छौं ।

हामी आफैंले नयाँनयाँ वस्तुको विकास गर्न सकिरहेका छैनौं । र नयाँनयाँ वस्तुहरू विकास गरेर राम्रो आम्दानी गर्न सक्ने अवसर गुमाइरहेका छौं ।

नयाँनयाँ वस्तु कसरी उत्पादन गर्न सकिन्छ त्यसबारे छोटो चर्चा गरौं–

आजभोलि तरकारी उत्पादनमा ठूलो मात्रामा स्वास्थ्यलाई क्षति पु¥याउने मलहरू प्रयोग गरिन्छ । प्राणघातक त्यस्ता मलहरूको कुअसर उपभोक्ताहरूको स्वास्थ्यमा कालान्तरमा देखिने हुनाले तीनले के कस्ता कुअसर गर्नेछन् भन्ने कुरा तत्काल देखिंदैन । उपभोक्ताहरूले त्यस्ता मल मिश्रित तरकारी खरीद गर्छन् किनभने अर्को वैकल्पिक तरकारी हामीसँग छैन । यो बजार स्थितिलाई अवसरको रूपमा लिन सकिन्छ । कुनै पनि किसिमको मल नमिसाएको स्वस्थकर, नयाँ किसिमको तरकारी (नयाँ वस्तु) उत्पादन गरेर, तीनलाई महँगोमा बिक्री गरेर हामी राम्रो आम्दानी गर्न सक्छौं ।

हाम्रो देशमा नयाँ किसिमका वस्तुहरू उत्पादन गर्न सकिने अनेक सम्भावना छन् । माथि केवल एउटा उदाहरण प्रस्तुत गरिएको हो ।

नयाँ वस्तु विकास गर्दा थप रोजगार सृजना गर्न सकिने र धनीहरूको पैसा गरीबहरूसम्म पु¥याउन सकिने हुनाले हामीले नयाँ वस्तुहरूको विकासमा थप सोच, श्रम पूँजी लगानी गर्न आवश्यक छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here