आँप खाने मौसम शुरू भइसकेको छ । पाकेको होस् वा काँचो आँप, यसको आँटी, पात, बोक्रा सबै स्वास्थ्यको लागि गुणकारी हुन्छ तर धेरैजनालाई थाहा छैन आँपको फूल (मुजुरा/मञ्जरी) ले पनि थुप्रै रोग निको गर्न मदत पु¥याउँछ । आँपको मञ्जरीलाई पनि औषधिसरह प्रयोग गर्न सकिन्छ ।
पेचिशः एफ्रोलेट डट कममा प्रकाशित एउटा रिपोर्ट अनुसार पुरानो पेचिश (क्रोनिक पेचिश वा आउ)को समस्यालाई तुरुन्त ठीक गर्नुपर्छ नत्र थुप्रै जटिलता हुन सक्छ । पेचिश शरीरको लागि निकै हानिकारक हुन्छ । यसलाई ठीक गर्न आँपको फूललाई औषधिको रूपमा प्रयोग गरिन्छ । आँपको फूलबाट तयार सुप वा काँढा पिउँदा पेचिशमा आराम पुग्छ । यी फूललाई सुकाएर यसको धूलो बनाएर पानीसँग सेवन गर्नुपर्छ ।
नाकबाट रगत आएमाः गर्मीमा धेरैजनाको नाकबाट रगत निस्किन्छ । बढी मसालादार भोजन गरेपछि गर्मीमा नाकबाट रगत आउन थाल्छ । आँपको फूलमा यस्तो गुण हुन्छ, जसले नाकबाट रगत आउने समस्या ठीक गर्छ । आँपको फूललाई सुँघ्दा नाकबाट रगत आउन बन्द हुन्छ । यद्यपि धेरै रगत आएमा तुरुन्त चिकित्सककहाँ पुग्नुपर्छ ।
मूत्र समस्याः कैयौंपटक पिसाबमा जलन, पिसाब कम हुनु वा बढी हुनु, मूत्रमा सङ्क्रमणको समस्या छ भने आँपको मुजुराले यसको उपचार गर्न सक्छ । यस मुजुराको काढा बनाएर पिउनुपर्छ । यस जडीबुटीलाई नियमितरूपले सेवन गर्दा मूत्रसम्बन्धी समस्या निको हुन्छ ।
महिलाहरूको सेतो पानी खस्ने समस्याः यस्तो समस्या केही महिलाहरूमा बढी हुन सक्छ । यो समस्या थुप्रै कारणले हुन सक्छ । हाइजिन फैक्टर र मुख्य अङ्गमा ब्याक्टेरियाको उपस्थितिले यस्तो समस्या हुन सक्छ । तसर्थ आँपको मुजुरा नियमितरूपले सेवन गर्दा यो समस्याबाट मुक्त हुन सकिन्छ ।
डायरिया, एक्जिमाको उपचारः आँपको मञ्जरीले डायरिया, एक्जिमा र रक्तसम्बन्धी रोगबाट मुक्त गर्न सहयोग पु¥याउँछ । आँपको मञ्जरीको काढा वा चियासरह बनाएर यसको सेवन गर्नुपर्छ ।
मधुमेहः मधुमेहबाट ग्रसितहरूले आफ्नो चिनी नियन्त्रण गर्न आँपको मञ्जरी सेवन गर्न सक्छन् । शोध अनुसार आँपको फूलमा एन्टिडायबेटिक तŒव हुन्छ । यी फूललाई पानीमा उमालेर सेवन गर्नुपर्छ ।
उच्च कोलेस्ट्रोललाई कम गर्छः यदि तपाईंको कोलेस्ट्रोल बढी रहन्छ भने आँपको फूल सेवन गर्नुपर्छ । कोलेस्ट्रोलको उच्च स्तर भएपछि हृदयरोग बढ्ने खतरा हुन्छ । आँपको फूलबाट तयार पेय पिउँदा वा भोजनमा यसलाई समावेश गर्दा कोलेस्ट्रोलको स्तर कम हुन्छ ।
पेटसम्बन्धी समस्याः गर्मीमा पेटसम्बन्धी समस्या बढी हुन्छ । चिल्लो–पिरो खाँदा पेट बिग्रिन्छ । डायरिया, पेट दुख्नु, विषाक्त भोजन, थकान, हिट स्ट्रोक, लु लाग्ने, डिहाइडे«शन हुन्छ । आँपको मञ्जरीबाट बनेको जूस गर्मीमा सेवन गर्दा पाचन प्रक्रिया दुरुस्त रहन्छ । राति पानीमा आँपको फूललाई राख्ने र बिहान यसलाई छानेर फ्रिजमा राखेर सेवन गर्नुपर्छ ।