हरेक वर्ष थैलेसिमिया रोगप्रति मान्छेलाई जागरूक गर्न ८ मेका दिन विश्व थैलेसिमिया दिवस मनाइन्छ । थैलेसिमिया एउटा ब्लड डिसअर्डर हो । यो जेनेटिक रोग हो र मातापिताबाट बच्चामा पुग्छ । यस रोगमा रगतमा हिमोग्लोबिनको कमी हुन्छ । यस दौरान रोगीको शरीरमा रगत बन्न सक्दैन । शरीरमा रगतको कमी भएपछि स्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखिन्छन् ।

यो एनिमिया र थकानको कारण हुन्छ । थैलेसिमियाबाट पीडित व्यक्तिलाई पटक–पटक रगत चढाउनुपर्छ र खानपिनमा विशेष ध्यान दिनुपर्छ । रातो रक्त कोष बढाउने खाद्य पदार्थ उनीहरूलाई सेवन गराउनुपर्छ ।

फोलिक एसिडः थैलेसिमियाका रोगीलाई फोलिक एसिडले भरिपूर्ण खानेकुरा सेवन गराउनुपर्छ । केराउ, नासपाती, पालक, भुइँकटहर, चुकन्दर, केरा र गेंडागुडी सेवन गराउनुपर्छ । यी खाद्य पदार्थले शरीरमा नयाँ रक्त कोष बनाउन मदत गर्छ ।

भिटामिन बी १२ः दूध र हरियो सागपातमा भिटामिन बी १२ पाइन्छ, तसर्थ यी तरकारीलाई राम्ररी पकाएर बिरामीलाई सेवन गराउनुपर्छ ।

भिटामिन सीः थैलेसिमियाको दौरान भिटामिन सीले भरिपूर्ण खाद्य कुरा बिरामीलाई सेवन गराउनुपर्छ । भिटामिन सी अमिलो फलमा बढी पाइन्छ  । सुन्तला, किवी, कागती, भेंडे खुर्सानी, स्ट्रबेरी खुवाउनुपर्छ ।

आयरनः आयरनले शरीरमा हिमोग्लोबिन बढाउँछ । पालक, स्याउ, किसमिस, चुकन्दर, अनार, अञ्जीर र बदाम आदि सेवन गराउँदा बिरामीहरूको शरीरमा रक्त कोष बढ्छ । चिकित्सकको सल्लाह लिएर आयरनले भरिपूर्ण सप्लिमेन्ट पनि सेवन गराउन सकिन्छ ।

परहेजः थैलेसिमियाका रोगीले मैदा, मासको दाल, चना, आलु, भन्टा, फास्टफूड, रामतोरई, जङ्कफूड, बेकरी उत्पादन, बढी मात्रामा नून र कैफिनयुक्त पेय जस्तै चिया र कफी खानुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here