आज अन्तर्राष्ट्रिय आमा दिवस हो । हरेक वर्षको मे ८ तारिखका दिन मदर्स डे मनाइने गरिन्छ ।

बदलिंदो समय, दिनचर्या, परिवारको चिन्ता र कामकाजका बीच आमाहरूले आफ्नो स्वास्थ्यप्रति ध्यान दिन सक्दैनन् । यसै कारण उनीहरूले पिसिओडी, सर्भाइकल क्यान्सर, स्तन क्यान्सर र अर्थराइटिसजस्ता गम्भीर रोगको सामना गर्नुपर्छ । चिकित्सकको भनाइ छ महिलाहरू स्वस्थ रहनको लागि नियमितरूपले केही परीक्ष्Fण गराउनुपर्छ । यदि कुनै रोग शरीरमा हुर्किरहेको छ भने त्यसलाई समयमा पत्ता लगाएर उपचार गराउनुपर्छ ।

दिल्लीको रोजवाक हस्पिटलका सिनियर कन्सल्टेन्ट, गाइनोकोलोजिस्ट डा लवलिना नादिर भन्छिन्, महिलाहरूमा मासिक धर्म, गर्भधारण, शारीरिक अवस्था र मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हुन सक्छन् । बढ्दो उमेरमा स्वास्थ्य सल्लाह आवश्यक हुन्छ । नियमित स्वास्थ्य जाँच गर्दा रोग समयमैं पत्ता लगाएर उपचार गराउन सकिन्छ । तसर्थ सन्तानले पनि आफ्नो आमाको स्वास्थ्य हेरचाहप्रति ध्यान दिनुपर्छ । प्रिभेन्टिभ हेल्थ चेकजाँचबाट रोगको प्रारम्भिक चरणमैं उपचार गर्न सकिन्छ । यसबाट औषधि खर्च पनि कम हुन्छ ।

डा लवलिनाका अनुसार महिलाहरूले गाइनोकोलोजिस्टसँग कन्सल्ट गर्ने, पेट र तल्लो भागको अल्ट्रासाउन्ड गराउने, ब्लड सुगरमाथि निगरानी राख्ने, मिर्गौला र कलेजोको परीक्षण, भिटामिन डी र बी १२ को जाँच तथा थाइराइडको जाँच गराउनुपर्छ । त्यसैगरी, लिपिड प्रोफाइल टेस्ट, इसिजी र टिएमटीजस्ता कार्डियक स्क्रिनिङ, स्तन क्यान्सरको जाँचको लागि मैमोग्राफी र अन्य क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ ।

४० देखि ४४ उमेर वर्षका महिलाहरूले वर्षमा एकपटक स्तनको स्क्रिनिङ गराउनुपर्छ । यसै प्रकार ४५ देखि ५४ वर्षका महिलाहरूले वर्षमा एकपटक मैमोग्राफी गराउनुपर्छ । सर्भाइकल क्यान्सरको स्क्रिनिड्ढो पैप स्मियर र एचपिवी टेस्ट गराउनुपर्छ । ६५ वर्ष उमेरका महिलाहरू जसले पछिल्लो १० वर्षदेखि नियमितरूपमा जाँच गराउँदै आएका छन्, उनीहरूलाई सर्भाइकल क्यान्सरको स्क्रिनिड्ढो आवश्यकता हुँदैन । चिकित्सकका अनुसार उमेरको हिसाबले बोन डेन्सिटी र अन्य स्क्रिनिङ गर्न पनि सुझाव दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here