मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक वी यानले नयाँ प्रकारको फेब्रिक डिजाइन गरेका छन्, जुन माइक र स्पीकरसरह काम गर्छ । यसले मुखबाट निस्किएको शब्द, पक्षीको चिरबिर र उडिरहेको पातको आवाजलाई सजिलै समात्न सक्छ ।

नेचर जर्नलमा प्रकाशित यस अनुसन्धानमा आवाज सुन्ने यो फाइबर कपडामा बुनिएको हो । जब कुनै मान्छेले यस कपडालाई लगाउँछ, तब  यो फाइबरले साउन्ड डिटेक्ट गर्छ । यसले कपडा लगाएको मान्छेको मुटुको ढुकढुकी पनि सुन्न सक्छ ।

अनुसन्धानकर्ता यान भन्छन् कपडा र आवाजको सम्बन्ध सदिऔंदेखि छ । अहिलेसम्म हामी कपडाको मदतबाट आफ्नो आवाजलाई मोडिफाइ गर्ने कोशिश गर्दथ्यौं तर कपडालाई माइकसरह प्रयोग गर्ने अनौठो कन्सेप्ट छ । यान सिङ्गापुरको नानयांग टेक्नोलोजिकल युनिभर्सिटीमा काम गर्छन् ।

यानका अनुसार यो कपडा ट्वारन नामक कच्चा पदार्थ र सुतीबाट बनाइएको हो । यी धागोको कम्बिनेशनले साउन्ड ऊर्जालाई भाइब्रेशनमा बदलिदिन्छ । यसको साथै कपडामा एउटा स्पेशल फाइबर पनि प्रयोग गरिएको छ । यो पिजोइलेक्ट्रिक मेटेरियल्सबाट बनेको हो । यस्तो मेटेरियललाई थिच्दा वा पट्याउँदा एउटा भोल्टेज उत्पादन हुन्छ । त्यसपछि सिग्नल्स एउटा डिभाइसको माध्यमबाट रेकर्ड पढ्ने गरिन्छ ।

माइकसरह काम गर्ने यो फेब्रिक थुप्रै रेन्ज र लेभलको साउन्डलाई समात्न सक्षम छ । अनुसन्धानकर्ताका अनुसार यसले एउटा शान्त लाइब्रेरी र ट्राफिकको चर्को आवाजको अन्तरलाई पनि बुझ्न सक्छ । हाल अनुसन्धानकर्ताले यस्तो कम्प्युटर डिभाइस विकसित गरिरहेका छन्, जुन ब्याकग्राउन्डमा चलिरहेको आवाजलाई पनि सजिलै समात्न सक्छ ।

अनुसन्धानमा सहभागी वैज्ञानिक योगेन्द्र मिश्रले भने, आफ्नो कन्सेप्टलाई साबित गर्न उनले शर्टको सहारा लिए । वैज्ञानिकले स्पेशल फाइबरलाई शर्टमा बुनेर मनुष्यको मुटुको ढुकढुकी सुने । मिश्रको भनाइ छ यो शर्टले सजिलै कुनै व्यक्तिको मुटुलाई निगरानी गर्न सक्छ । केवल यतिमात्र होइन, यस शर्टको माध्यमबाट मुटुको भल्भ बन्द हुने आवाज पनि सुन्न सकिन्छ ।

यानका अनुसार स्पेशल फाइबरलाई कपडामा बुनेर लगाउँदा सामान्य कपडाजस्तो अनुभूति हुन्छ । १० पटक धोएपछि पनि फेब्रिकले पहिलेसरह आवाजलाई समात्न सकेको उनले बताए । अर्थात् यो कपडा सुविधाजनक हुनुका साथै चाँडै बजारमा चर्चित पनि हुन सक्छ । वैज्ञानिकको भनाइ छ यस फेब्रिकबाट बनेको कपडाले मुटुरोगजस्ता अन्य रोगलाई चाँडै खोज्ने काम गर्छ । साथै जसलाई सुन्न समस्या छ, उनीहरूलाई यस फेब्रिकको मदतबाट आवाजलाई एम्लिफाइ गर्न सकिन्छ । यो फेब्रिकले एउटा डिभाइसको माध्यमले स्पीकरको रूपमा पनि काम गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here