युक्रेन–रूसबीच युद्ध चलिरहेको छ र अब डल्फिन माछाले यस युद्धमा जासुसी गरिरहेको छ । रूसी सेनाले डल्फिन माछालाई तालीम दिएर कालो सागरको नौसैनिक अड्डामा निगरानी गर्न तैनाथ गरेको छ । यो खुलासा अमेरिकाको युएस नेभल इन्स्टिच्युटले सेटेलाइट तस्वीरको माध्यमबाट गरेको छ ।
रिपोर्ट अनुसार रूसी नौसेनाले सेवस्तोपोल बन्दरगाहको प्रवेशद्वारमा डल्फिनलाई राखेको छ । सेवस्तोपोल बन्दरगाह क्रिमिया पेनिनसुलाको दक्षिणी कुनामा छ, जसमा रूसले सन् २००४ मा कब्जा गरेको थियो । सेटेलाइट इमेजरीको एनालिसस अनुसार फेबु्रअरीमा युक्रेनमा आक्रमणको सुरुआतमा रूसले आफ्नो नेभल बेसमा डल्फिनका दुईवटा बटालियनलाई शिफ्ट गरेको थियो ।
जानकारी अनुसार सेनाद्वारा तालीमप्राप्त डल्फिनहरूले रूसी नेभल बेसको प्रवेशद्वारमा निगरानी गर्दैछन् । यस केन्द्रबाट कुनै पनि जहान, पनडुब्बी वा युद्धपोत रूसमा प्रवेश गर्न सक्छन् । साथै यहाँ रूसको परमाणु पनडुब्बी र जङ्गी जहाज हरेक क्षण तैनाथ रहन्छन्, जसले गर्दा डल्फिन्सको तैनाथी झनै जरुरी भएको छ ।
द गार्जियनले रसियन न्यूज एजेन्सीको सूत्रको हवालाबाट भनेको छवटा डल्फिनले पानीभित्र दुश्मन टारगेटको साउन्ड र रेन्जलाई डिटेक्ट गर्न सक्छन् । रूसी सेनाले यस्तो प्रविधि विकसित गरेको छ, जसको मदतबाट डल्फिनहरूको क्रियाकलाप सिग्नलमा कन्भर्ट हुन्छ र सेनाले थाहा पाउँछ ।
डल्फिनलाई केवल रूसी सेनाले मात्र होइन, अमेरिका र युक्रेनलगायत देशले पनि तालीम दिने गरेको छ । द गार्जियनको रिपोर्ट अनुसार सोभियत सङ्घको युगमा युक्रेनमा यी माछालाई सेवस्तोपोल वरपर सैनिक तालीम दिइन्थ्यो । सन् २०१२ मा युक्रेनले यस कार्यक्रमलाई बन्द ग¥यो । त्यसपछि सन् २०१४ मा क्रिमियामाथि कब्जाको समय युक्रेनको डल्फिन पनि रूसको हात लागेको थियो । पछि युक्रेनले डल्फिन फिर्ता मागे पनि रूसले फिर्ता गरेन ।
अमेरिका पनि डल्फिनलाई सैनिक तालीम दिन पछि परेको छैन । त्यहाँको सरकारले डल्फिन र समुद्री घोडालाई तालीम दिन अहिलेसम्म करीब २८ मिलियन डलर खर्च गरिसकेको छ ।
सन् २०१८ मा रिलिज भएको सैटेलाइट इमेजरी अनुसार रूसले सिरियन वारको समयमा टर्तुस र सिरियामा बनेको आफ्नो नेभल बेसमा डल्फिनको प्रयोग गरेको थियो । शीतयुद्धको समयमा पनि अमेरिका र सोभियत सङ्घले डल्फिनलाई तालीम दिन नयाँ प्रविधि विकसित गरेका थिए । डल्फिनको अलावा रूसले बेलुगा ह्वेललाई पनि तालीम दिएको थियो । सन् २०१९ मा नर्वेमा यो देखिएको थियो । त्यति बेला त्यहाँ माझीले भनेका थिए, साज (हार्नेस)ं लगाएको र क्यामरा झुन्ड्याएको एउटा ह्वेल उनीहरूको डुङ्गासँग खिंचातानी गरिरहेको थियो ।