शरीरमा केही खास हार्मोन्सले सही ढङ्गले काम नगरेपछि शरीरलाई समस्या हुन्छ । यो समस्या महिला–पुरुष दुवैमा हुन्छ । ५० वर्षको उमेरपछि यो समस्या बढी देखिन्छ । तर आजभोलिका दिनचर्याको कारण यस्तो समस्या युवाहरूमा पनि देखिंदै छ । हट फ्लैश यस्तो समस्या हो जसले शरीरमा अचानक गर्मी महसूस हुन्छ, मन आत्तिन थाल्छ, ढुकढुकी बढ्छ । यसको कारण सही तरीकाले अक्सिजन नपाउनु, खानपानमा गडबडी पनि हो ।

महिला–पुरुषमा हट फ्लैशको लक्षण समान हुन्छ, अर्थात् शरीरमा गर्मी महसूस हुनु, बेचैनी, ढुकढुकी बढ्नु र कहिलेकाहीं सास फेर्न समस्या हुन्छ । छालामा रूखोपन, शरीरको माथिल्लो भागमा बढी पसिना आउनु, औैंला झमझमाउनुजस्ता लक्षण देखिन्छ ।

हट फ्लैशको मुख्य कारणः चिया/कफी बढी सेवन गर्नु, लामो समयसम्म तनाव, धेरै साँघुरो लुगा लगाउनु, धूमपान, मदिरापानको लत, एन्टिबायोटिक पेनकिलर्सको बढी सेवन, मसालादार भोजन, राम्रो निद्रा नसुत्नु ।

बचाउको उपायः दिनमा आधा घण्टा आफन्तसँग बिताउनुपर्छ । धूमपान, मदिरापान कम गर्नुपर्छ । शरीरले आराम मागिरहेको छ भने आराम गर्नुपर्छ । यस क्रममा ध्यान लगाउने, मनलाई शान्त गर्ने, पूजापाठ वा जप इत्यादि गर्न सकिन्छ । भोजनमा पोषणको ध्यान राख्नुपर्छ । भिटामिन्स, आयरन, फोलिक एसिड, क्याल्शियम इत्यादिको सन्तुलन बनाइराख्नुपर्छ । हरेक दिन ४५ मिनेट हिंडडुल गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here