संसारमा कोरोना भाइरसको चौथो लहर फैलिंदैछ । यस भाइरसको खतरा अहिलेसम्म टलेको छैन । यसैबीच वैज्ञानिकहरूले रिफ्ट भ्याली फिभर खोजेका छन् । रिफ्ट भ्याली फिभर जनावरमा पैmलिने रोग हो तर यसको केही मामिला मान्छेमा पनि भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो ज्वरो महामारीको रूपमा फैलिन सक्ने भन्दै चेतावनी दिएको छ ।
के हो रिफ्ट भ्याली फिभरः यो एउटा भाइरल रोग हो । सामान्यतया यो रोग पालुवा जनावरमा पाइन्छ । यो भाइरस भैंसी, बाख्रा, उँटबाट मान्छेमा फैलिन सक्छ । यो भाइरस पालुवा जनावरमा लामखुट्टेबाट फैलिन्छ र त्यसपछि मान्छेमा सर्छ । वैज्ञानिकहरूले मान्छेमा पनि यो ज्वरोको प्रकोप भेटेका छन् ।
लक्षणः रिफ्ट भ्याली फिभर भाइरसको सम्पर्कमा आएको दुईदेखि ६ दिनभित्र यसको लक्षण देखिन्छ । यो एउटा विषाणुजनित रोग हो, जसले हलुकादेखि गम्भीर लक्षणसम्म उत्पन्न गर्न सक्छ । रिफ्ट भ्याली फिभर भाइरस भएपछि ज्वरो, मांसपेशीमा दुखाइ, कमजोरी, पिठ्युँ दुखाइ र चक्कर लाग्छ । यी लक्षण करीब एक सातासम्म रहन्छ । रिफ्ट भ्याली फिभरबाट पीडित व्यक्ति दुई दिनदेखि ७ दिनभित्र ठीक हुन सक्छ । यसका साथै केही व्यक्तिमा यसले गम्भीर लक्षण देखाउन सक्छ । कम देखिनु, एन्सेफ्लाइटिस वा मस्तिष्क सुन्निनु, रक्तस्राव, ज्वरो (यस क्रममा रोगीलाई रगत बान्ता हुने, मलबाट रगत निस्किने तथा नाकबाट पनि रगत निस्किन सक्छ) ।
कारणः रिफ्ट भ्याली फिभर भाइरस आरभिएफ विषाणुबाट हुन्छ, जुन फ्लेबोभाइरस प्रकारको हुन्छ । यो भाइरस पालुवा जनावरमा हुन्छ तर उनीहरूबाटै यो मान्छेमा पनि फैलिन सक्छ । यो भाइरस सङ्क्रमित पशु वा जनावरको रगत छुँदा, पशुको काँचो दूध पिउँदा फैलिन सक्छ । तर यो भाइरस एक व्यक्तिबाट अर्कोमा फैलिन्छ कि फैलन्न भन्नेबारे अनुसन्धान जारी छ ।