एउटा रिपोर्ट अनुसार जसको रोग प्रतिरोधक क्षमता कमजोर छ, पटक–पटक बिसन्चो हुन्छ भने उनीहरूले काँक्रोको जुस सेवन गर्नुपर्छ । यो जुस स्वस्थ र पौष्टिक तŒवले भरिपूर्ण हुन्छ । भिटामिन सी भरपूर भएको कारण यसले इम्युनिटी बढाउँछ । एन्टिअक्सिडेन्ट र पानीको मात्रा बढी भएकोले यसले शरीरबाट विषालु तŒव बाहिर निकाल्छ ।

काँक्रोको जुस लो–क्यालोरी जुस हो । यसमा एन्टिअक्सिडेन्ट्स एक प्रकारको प्राकृतिक मेटाबोलिज्म बुस्ट गर्ने तŒव पाइन्छ जसले क्यालोरी जलाउन मदत गर्छ । प्रतिदिन यसको सेवनबाट वजन कम हुन्छ ।

काँक्रोको जुसमा म्याग्निशियम बढी हुन्छ जसले रक्तचापलाई बढी वा कम हुनबाट रोक्छ । तनाव कम गर्छ, राम्रो निद्रा लगाउँछ । केही अध्ययनमा काँक्रोको बीउले नराम्रो कोलेस्ट्रोलको स्तर कम गर्छ । काँक्रो भिटामिन के र सिलिकाको राम्रो स्रोत हो, यसले स्वस्थ, चम्किलो छाला प्रदान गर्छ । सुन्निएको कम गर्छ ।

हामीले प्रायः ब्युटीपार्लर वा स्पामा काँक्रोको टुक्रा आँखामा लगाएको देख्छौं, यसले आँखालाई शीतलता प्रदान गर्छ, सुन्निएको कम गर्छ । भिटामिन ए पाइने भएकोले रेटिनामा अक्सिडेटिभ तनाव कम गर्छ । आँखाको ज्योति बढाउँछ र उमेर वृद्धिको साथ हुने समस्या मैकुलर डिजनरेशनको रोकथाममा मदत गर्छ । पाचनसम्बन्धी समस्या, ग्याँस, अपच, ब्लोटिङ, पेट सुन्निएको, छातीमा जलन छ भने काँक्रोको जुस सेवन गर्दा शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकालेर पाचन प्रक्रिया सही गर्छ, कब्ज भगाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here